आर्यनलाई अमेरिकाले दिएन भिसा

शनिबार, ०४ मङि्सर २०७३, ०२ : २२ शुक्रवार
आर्यनलाई अमेरिकाले दिएन भिसा

यसअघि पनि ‘रिजेक्टेड’ भइसकेका अभिनेता आर्यन सिग्देललाई यसपल्ट पनि अमेरिकाले भिसा नदिएको गसिप यतिबेला फिल्म वृत्तमा व्यापक चलिरहेको छ ।

बुझिएअनुसार यसपटक गरी उनी पाँचपल्ट रिजेक्ट भएका हुन् । बाहिर चिनिएको नाम र उनको पासपोर्टको नाम अर्कै भएका कारण पनि अमेरिकाले उनलाई भिसा नपत्याएको अनुमान गरिँदै आएको छ । यसपल्ट चाहिँ ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुनका लागि उनले अमेरिकामा भिसा अप्लाई गरेको र भिसा नलागेपछि सिक्किममा आयोजित इनास अवार्डमा पुगेको चर्चा यतिबेला व्यापक चलिरहेको छ । उनलाई त्यहाँ फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेताको अवार्डसमेत दिइयो ।

अभिनेता दयाहाङ राई सहभागी नभएपछि आर्यनलाई त्यो अवार्ड थमाइएको चर्चा पनि फिल्मवृत्तमा भइरहेको छ । खास कुरो के हो ? आर्यनले मुख खोल्न बाँकी छ ।

 

Leave A Comment