फुरुङ्ङ निशा

सोमबार, ०६ मङि्सर २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
फुरुङ्ङ निशा

नेपाली फिल्म क्षेत्रमा विवादमा आइरहने अभिनेत्रीमा गनिन्छिन्, निशा अधिकारी । कहिले पत्रकारसँग झगडा गरेर, कहिले प्रेम, कहिले सगरमाथा आरोहण त कहिले कपाल मुण्डन गरेर भए पनि उनी मिडियामा छाइरहन्छिन्, चर्चामा आइरहन्छिन् । त्यही कारण फिल्म जगतमा उनलाई ‘कन्ट्रोभर्सी क्विन’ नै भनिन्छ । तर, यो उपनाम पाएकोमा उनलाई कुनै दुःख मनाउ छैन । एक युट्युब च्यानलले यस विषयमा लिएको प्रतिक्रियामा त उनी झन् फुरुङ्ङ पो देखिइन् । भनिन्, ‘म कन्ट्रोभर्सी क्विन नै हुँ । सेलिब्रिटी भइसकेपछि विवाद तथा तारिफ आइ नै रहन्छन्, पचाउन सक्नु नै महानता हो ।’

Leave A Comment