जम्दै दया–प्रियंका जोडी

बुधबार, ०८ मङि्सर २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
जम्दै दया–प्रियंका जोडी

पछिल्लो समयमा पर्दामा निकै जमिरहेको जोडी हो– अभिनेता दयाहाङ राई र प्रियंका कार्कीको जोडी । फिल्म ‘झोले’बाट उनीहरूको जोडी पर्दामा देखिएको हो । त्यसपछि दयाहाङको प्रमुख भुमिका रहेको ‘कबड्डी कबड्डी’मा प्रियंकाको छोटो भूमिका थियो । ‘वडा नम्बर ६’मा पनि उनीहरूले सँगै काम गरेका थिए । मंसिर १० गते उनीहरू अभिनीत फिल्म ‘पुरानो डुंगा’ प्रदर्शन हुँदै छ । निर्देशक मिलन चाम्सले ‘ह्याप्पी डेज’मा पनि यही जोडीलाई लिएका छन् । अहिलेसम्म पर्दामा उनीहरूको जोडी ‘फ्लप’ भएको छैन । त्यसकारण पनि उनीहरूलाई सँगै लिन खोज्ने निर्माताहरू बढिरहेका छन् । पर्दाबाहिर पनि दया र प्रियंका असाध्यै नजिक छन् । ‘हामी दुवै प्रत्येक सिनमा धेरै मेहनत गर्छौं, पर्दाबाहिर पनि निकै मिल्छौँ जसकारण काम राम्रो हुन्छ र जोडी जमिरहेको होला,’ प्रियंका भनिरहेकी छिन् ।

Leave A Comment