कामना अवार्ड मंसिर १८ मा

बिहिबार, ०९ मङि्सर २०७३, ११ : ५० शुक्रवार , Kathmandu
कामना अवार्ड मंसिर १८ मा

कामना फिल्म अवाड्र्सको दोस्रो संस्करण मंसिर १८ गते हुने भएको छ । अवार्ड काठमाडौँ, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने आयोजक कामना न्युज पब्लिकेसन्सले जानकारी गराएको छ । अघिल्ला वर्ष ३१ विधामा प्रदान गरिएको अवार्डमा यो वर्ष एक विधा थप्दै ३२ विधामा अवार्ड दिन लागिएको छ । ‘लक्स च्वाइस अवार्ड’ यो साल थपिएको विधा हो ।
एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिरहेको छ । ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ । दर्शकले लोकप्रिय १९ विधामा भोटिङ गर्न पाउनेछन् ।
अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्युज पब्लिकेसन्सका अध्यक्ष एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले २०७१ सालबाट सुरु भएको अवार्ड अघिल्लो साल भूकम्पका कारण रोकिएको भए पनि आइन्दा हरेक वर्ष निरन्तर हुने बताएका छन् ।
लक्स कामना अवाड्र्स २०७३ मा फिल्म ‘नाइँ नभन्नू ल ४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यसैगरी फिल्म ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर छ’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधामा मनोनयनमा परेका छन् ।

 

Leave A Comment