जन्मदिनमा ‘ब्वाइफ्रेन्ड’ सार्वजनिक

शुक्रबार, १० मङि्सर २०७३, ०१ : २० शुक्रवार , Kathmandu
जन्मदिनमा ‘ब्वाइफ्रेन्ड’ सार्वजनिक

‘ड्रिम्स’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जन्मदिनको अवसर पारेर ‘ब्वाइफ्रेन्ड’ सार्वजनिक गरेको खबरले यतिबेला फिल्म वृत्त तातेको छ । शुक्रवार आफ्नो २१ औँ जन्मदिनको अवसर पारेर साम्राज्ञीले प्रेमी मइंक खड्का (राहुल) सँगको कोलाज तस्बिर आफ्नो फेसबुक पेजमा राखिन् । र, अंग्रेजीमा लेखिन्, ‘द डे ह्याज जस्ट बिगन’ । बुझिएअनुसार साम्राज्ञी लामो समयदेखि राहुलसँगको प्रेममा छिन् । काठमाडौँ, दरबारमार्गको भिक्ट्री लाउन्जमा उनीहरूले थुप्रै पल्ट डेटिङ गरेका तस्बिरसमेत फेला परेका छन् । राहुल र साम्राज्ञीको प्रेमका विषयमा उनीहरूको परिवार पनि जानकार रहेको बुझिएको छ । भर्खरै पोखरामा सम्पन्न साम्राज्ञीको नयाँ फिल्म ‘ए मेरो हजुर–२’को सुटिङ स्पटमै राहुल उनलाई भेट्न पुगेको समेत स्रोत बताउँछ ।

 

Leave A Comment