‘नेपालमा व्यवसाय गर्न सजिलो छ’

शुक्रबार, १० मङि्सर २०७३, ०१ : ४० दिलीप पौडेल , Kathmandu
‘नेपालमा व्यवसाय गर्न सजिलो छ’

जापानको बहुराष्ट्रिय कम्पनी रोथो नेपालले औषधि तथा शृंगारका सामग्री बिक्री गर्दै आएको छ । भारतका विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरिसकेका प्रदीप मण्डल रोथो कम्पनी, जापानका ब्रान्ड म्यानेजर हुन् । उनीसँग रोथोको बजार प्रवद्र्धन, यहाँको व्यावसायिक वातावरणलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेकोे कुराकानीः  

रोथो कम्पनीका उत्पादन नेपाली बजारमा कहिलेदेखि बिक्री भइरहेका छन् ?
कस्मेटिक सामान साढे दुई वर्षयता बिक्री गरिरहेका थियौँ । केही समयअघिबाट फर्मास्युटिकल प्रडक्ट पनि नेपाली बजारमा ल्याएका छौँ ।
बजारमा रोथोका के—के कस्मेटिक र फर्मास्युटिकल उत्पादन छन् ?
शृंगार र औषधि दुवैका डेढ दर्जनभन्दा बढी सामान रहेका छन् । अनुहारको पिम्पल हटाउन मुख्य गरी एक्नेस स्किन केयर, एक्नेस एन्टिब्याक्टेरियल क्रिम, एक्नेस अइल पेपर रिमोभर, एक्नेस भिटामिन क्लिन्जर, एक्नेस प्युर ह्वाइटनेस क्रिम । साथै, पुरुषका लागि अनुहारमा गोरोपन ल्याउने अक्सि डिपवास, अक्सि पर्फेक्टवास, सनप्ले आउट गोइङ क्रिम, बच्चाका लागि सन प्ले बेबी माइल्ड, सन प्ले सुपर कुल, महिलाले ओठमा लगाउने ट्रेन्डी स्टाइल तथा हेल्दी लिपबाम रहेका छन् । त्यसै गरी चोटपटक लाग्दा दाग हटाउन छालामा लगाउने स्कार जेड मलम, आगोले पोलेमा र हड्डीजोर्नीको दुखाई कम गर्न डिप हिट मलम, मेगुमी एन्टि हेयर लुज स्याम्पू, सेलसन एन्टि डेनड्रफ स्याम्पू, न्यू भी रोटो आई ड्रप्सलगायत उत्पादन रहेका छन् ।
यहाँका उत्पादनका विशेषता के हुन् ?
यो २० वर्ष पुरानो जापानको नम्बर एक कम्पनी हो । यसले फर्मासिटीकल र कस्मेटिक वस्तु उत्पादन गर्दै आएको छ । गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकाले प्रयोगकर्ताको मन जित्न सफल भएका छौँ ।
कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यहाँ कस्मेटिक सामान बेच्ने कम्पनी धेरै रहेछन् । तर, हाम्रो सामान गुणस्तरीय भएकाले प्रयोगकर्ताले निकै मन पराएका छन् । हाम्रो उत्पादनको बजार विस्तार हुँदै गएको छ ।
यहाँको उत्पादन किन प्रयोग गर्ने ?
हामी उपभोक्ताको हित, रोजाइ, माग र चासोप्रति सचेत छौँ । हाम्रो उत्पादनबाट कुनै प्रकारको साइड इफेक्ट्स नहुने भएकाले ढुक्कसँग सामान प्रयोग गर्न आग्रह गर्दछौँ ।
प्रतिस्पर्धा कस्तो छ ?
नेपालमा अधिकांशले भारतीय ब्रान्ड प्रयोग गरिरहेको अवस्थामा अहिले जापनिज उत्पादनप्रति आकर्षित भएका छन् । तर, स्वस्थ प्रतिस्पर्धा रहेको छ ।
व्यावसायिक वातावरण कस्तो छ ?
नेपाल कस्मेटिक उत्पादनको सम्भावना भएको बजार हो । यहाँ प्रयोगकर्ता बढिरहेका छन् । बजार राम्रो छ ।
बजार विस्तार कत्तिको कठिन छ ?
रणनीति बनाएर प्रतिस्पर्धामा जानुपर्छ । यहाँको वातावरण धेरै रमाइलो छ । गुणस्तरीय सामान दिनुप¥यो । अरूको तुलनामा केही सस्तो पनि हुनुप¥यो । स्वस्थ बजार बनाउन सरकारी निकायले पनि सघाउनुपर्छ ।
कस्तो सरकारी सहयोग आवश्यक छ ?
विदेशबाट गैरकानुनी रूपमा आउने ‘फेक’ उत्पादनले यहाँको बजारलाई ठूलो असर पु¥याएको छ । त्यस्ता सामानलाई आयात, बिक्रीवितरण गर्न बन्द गर्नु आवश्यक छ । यसमा राज्यका निकायहरूले सक्रियता देखाएर एक्सनमा जानुप¥यो । गैरकानुनी रूपमा व्यापार नभएपछि सरकारलाई पनि कर उठ्न र व्यवसायीलाई व्यापार गर्न सहज हुन्छ ।
व्यवसायमा सफलता पाउन के गर्नुपर्छ ?
सफल हुन सजिलो छैन । सफलताका लागि निरन्तर मेहनत गर्नुपर्छ । पहिले त मानसिक रूपमा कडा परिश्रम गर्न तयार हुनुप¥यो । इमानदारीपूर्वक निरन्तर काम ग¥यो भने सफलता सुनिश्चित छ ।
भारत र नेपालको व्यवसायलाई कसरी तुलना गर्नुहुन्छ ?
यहाँको तुलनामा भारतको बजार निकै प्रतिस्पर्धी रहेको छ । त्यहाँ करको दर राज्यअनुसार फरक छ । त्यहाँभन्दा नेपालमा व्यवसाय गर्न निकै सजिलो छ ।

Leave A Comment