बिकिनीमा वर्षा

शनिबार, ११ मङि्सर २०७३, ०२ : २२ शुक्रवार , Kathmandu
बिकिनीमा वर्षा

मिस इन्टरनेसनल नेपालको उपाधि चुमेपछि थारू समुदायबाट उदाएकी मोडल वर्षा लेखीले बधाईको ‘वर्षा’ पाइन् । हालै उनी नेपालको प्रतिनिधित्व गर्दे मिस इन्टरनेसनलमा सहभागी हुन जापान गइन् । उनले त्यहाँ आफ्नो बिकिनी अवतार समेत देखाइन् । ६९ वटा देशका प्रतिस्पर्धी सहभागी प्रतियोगितामा आफ्नो देशलाई चिनाउन पाउँदा वर्षा दंग छिन् । ‘मैले प्रतियोगितामा आफ्नो थारू पहिरन पहिरिएँ, सहभागी दर्शकले गरगहनाको तारिफ पनि गरे,’ उनले शुक्रवारसँग भनिन् । उनले त्यहाँ नेपाली झ्याउरे नृत्य प्रस्तुत गरेको बताइन् । उनी जापानको राष्ट्रिय पोशाक ‘किमोनो’ लगाएर पनि ¥याम्पमा उत्रिएकी थिइन् । 

Leave A Comment