ग्यास्ट्रिक भएकाले ध्यान दिऊँ

शनिबार, ११ मङि्सर २०७३, ०२ : ३१ शुक्रवार , Kathmandu
ग्यास्ट्रिक भएकाले ध्यान दिऊँ

कागती पानी खाने
पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ । 

कार्बोहाइड्रेट कम खाने 
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ । 

दूध नखाने 
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ । 

पानी प्रशस्त खाने 
लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रि«ंक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् । 

लसुन खाने 
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ । 

खाना समयमा खाने 
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ । 
 

Leave A Comment