अक्षयको आहार

आइतबार, १२ मङि्सर २०७३, १० : ४२ शुक्रवार , Kathmandu
अक्षयको आहार

बलिउड अभिनेता अक्षय कुमार ४९ वर्षका भए । उनी अझै पनि कुनै किशोरभन्दा कम फिट छैनन् । भोजनमा ध्यान दिने भएकाले आफू फिट भएको उनको भनाइ छ । उनकै शब्दमा उनले दिनहुँ खाने खानाः

–    बिहानको खाजा म हेभी लिन्छु । पराठा र एक ग्लास दूध खाएर म दिन आरम्भ गर्छु ।
–    पराठा, दूधपछि म ताजा फलफूल र नट्स (काजु, हाडेबदाम, ओखर, पिस्ता आदि) खान्छु ।
–    दिउँसोतिर म खाना खान्छु । खानामा सबै कुराको सन्तुलन मिलाउन खोज्छु । दाल, ब्राउन राइस, तरकारीका परिकार अथवा बोसो कम भएको मासु र दहीलाई दिउँसोको खानामा समावेश गर्ने गर्छु ।
–    रातिको खाना साँझ ७ बजेभन्दा अघि नै खाइसक्छु । आयुर्वेदले सुत्नुभन्दा दुई–तीन घण्टाअघि डिनर गर्नुपर्छ भनेको छ । यसलाई म नित्य पालना गर्छु ।
–    रातिको खानामा म सुप र थोरै तरकारी खान्छु । रातिको खानामा प्रोटिनयुक्त खाना मात्रै समावेश गर्छु । कार्बोहाइड्रेटयुक्त खानालाई म डिनरमा पूरै एभ्वइड गर्छु ।
–    चाँडै डिनर लिँदा सुत्ने बेलामा भोक लाग्यो भने अण्डाको सेतो भाग वा सुप अथवा सजिलै पच्ने खाना खाने गर्छु ।      
–    यसरी म बिहानदेखि बेलुकासम्म टन्नै खान्छु । खानपानसँग सन्तुलन मिल्ने गरी म हरेक दिन व्यायाम पनि दह्रो गर्छु ।

 

 

Leave A Comment