फर्किने तयारीमा श्वेता

सोमबार, १३ मङि्सर २०७३, १० : ५१ शुक्रवार , Kathmandu
फर्किने तयारीमा श्वेता

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती एवं अभिनेत्री श्वेता खड्काले नेपाली फिल्ममा फेरि अभिनय गर्नेबारे अन्योल थियो । तर, यी अभिनेत्री चाँडै नै फिल्ममा फर्किने तयारीमा रहेको खबर प्राप्त भएको छ । ‘कोहिनुर’मा अभिनय गरेकी श्वेताले दुई वर्षपछि कमब्याकको तयारी गरेकी हुन् । ‘कोहिनुर’ निर्माण गरेको नेपाः मुभिजको ब्यानरबाटै श्वेता कमब्याक हुने तयारीमा छिन् । बुझिएअनुसार आफ्नो ‘कमब्याक’ फिल्मका लागि उनले अभिनेता दयाहाङ राईलाई लिन खोजिरहेकी छिन् । राईसँग एक चरण कुरा भइसकेको समेत बताइएको छ । लभस्टोरी र कमेडी जान्रमा निर्माण हुन लागेको फिल्मका लागि ‘कोहिनुर’कै निर्देशक आकाश अधिकारी फाइनल भइसकेको र फिल्म वैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको बुझिएको छ । 

Leave A Comment