कब्जियत भएकाले के नखाने, के खाने ?

सोमबार, १३ मङि्सर २०७३, १० : ५६ शुक्रवार , Kathmandu
कब्जियत भएकाले के नखाने, के खाने ?

खानपिनमा लापरबाही, तनाव, चिन्ता र व्यायामको कमी आदिका कारण कब्जियत हुन सक्छ । कब्जियत हुँदा पेट सफा हुने गरी दिसा हुँदैन । कब्जियत हुनेले यी खाना नखाएको राम्रोः
 
कफी
कफी बढी पिउनाले शरीरमा पानीको मात्रा कम हुन जान्छ । शरीरमा पानी कम भयो भने कब्जियत बढ्छ ।
 
चिनी
केक, मिठाई, कुकिजजस्ता चिनी बढी हुने खानाले कब्जियत बढाउने गर्छन् । यस्ता खानामा फाइबर अत्यन्तै कम हुन्छ । यसले पाचन क्रियालाई बिगार्छ र कब्जियत बढाउँछ ।
 
मैदा
मैदाबाट बनेको चाउचाउ, चाउमिन, पाउरोटी, पिज्जा, बर्गर आदि कब्जियत भएकाहरूले नखानु नै जाती हुन्छ ।

दूध
दूधमा फ्याटको मात्रा बढी हुन्छ । कब्जियत भएको मानिसले बढी मात्रामा दुध पिएमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ । साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ ।
 
रातो मासु
रातो मासुमा फ्याट बढी र फाइबर कम हुन्छ । यसमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र ऊर्जा खर्चिनुपर्छ । यसले कब्जियत बढाउँछ ।
 
काँचो केरा
काँचो केराको तरकारी मीठो हुन्छ । तर, कब्जियत भएकाहरूका लागि यो त्यति राम्रो होइन । काँचो केरामा स्टार्च बढी मात्रामा पाइन्छ, जसले कब्जियत बढाउने गर्छ ।
 
चिज
दूधमा जस्तै चिजमा पनि फ्याट र ल्याक्टोजको मात्रा बढी हुन्छ । यसले पेटमा ग्यास फर्मेसन हुनुका साथै कब्जियत बढ्छ । कब्जियतको समस्या भएकाले चिज नखाँदा राम्रो ।
 
तारेको खाना
तारेको खानामा फ्याट बढी पाइने भएकाले पच्न अप्ठेरो हुन्छ । फ्रेन्च फ्राई, चिकन फ्राई, आलु चप, ब्रेड चपलगायत तारेको खानामा फाइबर कम हुन्छ । कब्जियत भएकाहरूले यस्ता खाना भरिसक्के खानु हुँदैन ।

जंक फुड
चाउचाउ, चिप्सजस्ता जंक फुड खानाले कब्जियत थप बढ्ने भएकाले यस्ता खाना खानु हुँदैन ।
 
अण्डा
कब्जियत भएकाहरूले अण्डा सकेसम्म कम खान खोज्नुपर्छ । अण्डामा फाइबरको मात्रा अत्यन्तै कम हुन्छ । अण्डा खानाले शरीरमा फ्याटको मात्रा बढ्छ । यो कब्जियत भएकाहरूका लागि राम्रो होइन ।
 
चकलेट
चकलेटमा पाइने क्याफिनले शरीरलाई डिहाइड्रेट गराउँछ । चकलेटमा फ्याटको मात्रा पनि बढी हुन्छ । कब्जियतको समस्या भएकाहरूका लागि चकलेट फाइदाजनक हुँदैन ।


के खाने ?

हाडेबदाम
हाडेबदाममा फाइबर प्रशस्त पाइने भएकाले कब्जियत भएकाहरूलाई यसले फाइदा पु¥याउँछ । हाडेबदाम खाँदा पानी प्रशस्त खान चाहिँ भुल्नु हुँदैन ।

चुकन्दर
चुकन्दरमा पाइने फाइबरले पाचन प्रक्रियालाई सहज बनाउँछ र दिसा खलास गर्न मद्दत गर्छ ।

जौको चिउरा
जौको चिउरामा घुलनशील फाइबर पाइन्छ, जुन पेटमा गएर पानीसँग घुल्छ । कब्जियत भएकाहरूले खाजामा तातो पानीमा ढड्याएको अथवा पकाएको जौको चिउरा खाने गर्नुपर्छ ।

पपकर्न
पपकर्नमा क्यालोरी कम र फाइबर बढी हुन्छ । यो खानाले दिसा खलास गराउन मद्दत पुग्छ ।

स्ट्रबेरी
स्ट्रबेरी फाइबरको राम्रो स्रोत हो । यो खानाले पेटको सफाइमा टेवा पुग्छ ।

पानी

कब्जियत भएकाहरूले सकेसम्म बढी पानी खाने प्रयत्न गर्नुपर्छ ।

दही
दहीमा पाइने लाभदायक ब्याक्टेरियाले कब्जियत हटाउन मद्दत गर्छ । कब्जियत भएकाहरूले खानामा दहीलाई समावेश गर्नुपर्छ ।

कागती र अंगुर
कागती र अंगुरमा साइट्रस एसिड प्रचुर मात्रामा पाइन्छ । यो एसिडले दिसा खलास गराउन मद्दत गर्छ ।

 

Leave A Comment