‘गाउँमा बज्ने मादल सम्झिरहन्छु’

बुधबार, १५ मङि्सर २०७३, १० : २४ शुक्रवार , Kathmandu
‘गाउँमा बज्ने मादल सम्झिरहन्छु’

देवेन्द्र पौडेल
नेता, नयाँ शक्ति नेपाल

राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
०३६ सालदेखि राजनीति सुरु गरेको हुँ ।
के उद्देश्य लिएर राजनीतिमा लाग्नुभएको हो ?
देश र जनताको अवस्थामा परिवर्तन ल्याउन लागेको हुँ ।
उद्देश्य पूरा भयो त ?
आंशिक रूपमा पूरा भयो । राजनीतिकबाहेक आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन बाँकी रहेकाले अझै संघर्षको मोर्चामा छौँ हामी ।
रमाइलो भन्नेबित्तिकै के याद आउँछ ?
गाउँघरमा बज्ने मादल, झ्याउरे गीत, सालैजो भाका, लोकदोहारी, यस्तैयस्तै सम्झन्छु ।
आफू पनि गाउने–नाच्ने गर्नुहुन्छ ?
त्यस्तो जानेर त होइन । तर, यसो सहभागी भइदिनुप¥यो भने तयार ।
भूमिगत कालमा पनि गीतसंगीतमा रमाइन्थ्यो नि, हैन ?
हो । त्यो कालमा पनि हामी मनोरञ्जनमा अगाडि नै थियौँ । नाच्नेगाउने छुट्टै टिम नै बनाएर हिँडियो ।
मन पर्ने गायकगायिका ?
बद्री पंगेनीको कला र गला एकदम मन पर्छ । विष्णु खत्री, राजु परियारलगायत पनि राम्रा गायक हुन् । जीवन शर्मा त सहयात्री नै हुनुभयो । उहाँको ‘सिमली छायामा बसी’ बोलको गीत जति सुने पनि अघाउँदिनँ ।  
घुमफिरमा कत्तिको रुचि छ ?
समय मिलेसम्म असाध्यै रुचाउँछु । एकान्त, डाँडाकाँडा मन पर्छ । पोखरा, धरान, इलाम, मुस्ताङतिर जान मन लाग्छ । आफ्नो गाउँ बाग्लुङ पनि घुम्न मन लाग्ने ठाउँ हो । पहिला घरको चुलीबाट देखिने माछापुच्छ«े, धौलागिरि, अन्नपूर्ण केही ठूलो लाग्थेन । अचेल त्यही हेर्न गाउँतिर जाऊँजाऊँ लाग्छ । विदेशको कुरा गर्दा सिंगापुर, चीन र युरोपका केही देश  गएको छु ।
हिमाल चढौँ जस्तो लाग्दैन ?
लाग्छ नि । संयोग मिलेकै छैन ।
के पढ्न रुचाउनुहुन्छ ?
साहित्यिक, वैचारिक र सैद्धान्तिक किताब पढ्न रुचाउँछु ।
तपाईंका प्रिय लेखक ?
गोर्की । नेपाली लेखकमा खगेन्द्र संग्रौला ।
कुन मोबाइल बोक्नुभएको छ ?
आइफोन ६ ।
कुन गाडी चढ्नुहुन्छ ?
बोलेरो चढ्छु ।
पहिरन कस्तो रुचाउनुहुन्छ ?
सामान्य । जाडोमा कोट र स्वेटर, गर्मीमा वेस्ट कोट र कमिज ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?
समय मिलेसम्म हेर्छु । नेपालीमा ‘झोला’ र ‘सिमाना’ धेरै मन परेका फिल्म हुन् । विदेशीमा ‘ब्यान्डिट क्विन’ ले एकदम मन छोएको छ । ‘टाइटानिक’ दुई पटक हेरेँ ।
खानामा के मन पर्छ ?
ढिँडो, गुन्द्रक र मही ।

प्रस्तुतिः अम्मर

 

Leave A Comment