मंसिरमा बिहे होइन, राजनीति

बुधबार, १५ मङि्सर २०७३, १० : ४१ शुक्रवार , Kathmandu
मंसिरमा बिहे होइन, राजनीति

मंसिर लागिसक्यो । सबैलाई लागेको थियो– गायिका कोमल वलीले अब त बिहे गर्लिन् । तर, मंसिरमा कोमलले बिहे होइन, अर्कै निर्णय गरिन्– राजनीतिमा प्रवेश गर्ने । सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएकै दिन कोमलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी हुन् । राजनीतिमा प्रवेश गरे पनि सांगितिक यात्रालाई निरन्तरता दिइरहने उनले बताएकी छिन् । समाजसेवा गर्नका लागि आफू राजनीतिमा प्रवेश गरेको उनी बताइरहेकी छिन् । बुझिएअनुसार उनी चुनाव लडेर सांसद हुने र त्यसपछि मन्त्री बन्ने धुनमा छिन् । 

Leave A Comment