‘हन्डर खाएपछि नै सफलता पाइन्छ’

बिहिबार, १६ मङि्सर २०७३, ११ : १८ दिलीप पौडेल , Kathmandu
‘हन्डर खाएपछि नै सफलता पाइन्छ’

विदेशमा नेपालीले कमाएको पैसा औपचारिक च्यानलबाट स्वदेश भिœयाउन स्थापित ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ ले एक दशकको अवधिमै विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ । मुलुकमा रेमिटेन्स आगमनको अवस्था, कम्पनीको भावी योजनालगायत विषयमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

रेमिटेन्स आगमनको अवस्था कस्तो छ ?
खाडी मुलुकमा डेढ वर्षयता पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्था, मलेसियामा आन्तरिक द्वन्दको अवस्था र नेपाल सरकारले फ्री भिसा फ्री टिकट लागू गर्दा वैदेशिक रोजगार व्यवसायीले युवाहरूलाई वैदेशिक रोजगारीमा नपठाइरहेको अवस्थाले यसको प्रत्यक्ष असर रेटिमेन्समा परेको देखिन्छ । हरेक वर्ष वृद्धि हुँदै गएको भए पनि अहिले स्थिर रहेको छ ।
किन घट्यो रेमिटेन्स ?
मध्यपूर्वका देशले पेट्रोलियम पदार्थ उत्पादन घटाएपछि त्यसले रोजगारी घटेको हो । सरकारले विनातयारी मलेसियालगायत मुलुकमा फ्री भिसा फ्री टिकट सुरु गरेपछि सो विवादले नेपालका रोजगार गन्तव्यमा ठूलो असर पुग्यो । सरकारले नीतिगत रूपमा नयाँ गन्तव्य पनि नखोज्ने र समस्या नसुल्झाउँदा वैदेशिक रोजगार बढ्न नसकेपछि त्यसको असर रेमिटेन्समा प¥यो । अब अमेरिकामा नयाँ राष्ट्रपति आएका छन् । उनको नेतृत्वले पेट्रोलियम प्रोडक्ट उत्पादन घटाएर मध्यपूर्वका देशले पेट्रोलियम पदार्थ उत्पादन बढाए रोजगारी बढ्ला, फ्री भिसा फ्री टिकटको विवाद सुल्झिन्छ भन्नेमा आशावादी छौँ ।
यसले मुलुकको अर्थतन्त्रमा कस्तो असर पार्ला ?
अहिले रेमिटेन्स वृद्धि दर रोकिएको छ । यो दीर्घकालीन रूपमा गयो भने निकै असर गर्छ । विगत एक दशकदेखिको हरेक वर्ष वृद्धि हुँदै आएकोमा अहिले वृद्धि हुन सकेको छैन । रेमिटेन्स दैनिक उपभोग्य वस्तु, खाद्यान्न, स्वास्थ्य, शिक्षादेखि  घरघडेरी किनबेचबाट पैसा रोटेसन भएर बजारमा पुगेको छ । अन्य विलासिताका सामानमा पनि प्रयोग भएको छ । यो घट्यो भने रेभिन्यू घट्छ । एक सय अर्ब रेमिटेन्सले करसमेत तिरेको छ । त्यसैले यसको असर स्वतः अर्थतन्त्रमा पर्छ ।
रेमिटेन्स अनुत्पादनशील क्षेत्रमा खर्च भएको भनिन्छ नि ?
हामीले सुरुदेखि नै यसलाई उत्पादनको क्षेत्रमा लैजानुपर्छ भनिरहेका छौँ । उत्पादनमूलक तथा अनुत्पादन के हो भन्ने कसरी परिभाषित गर्ने यो पनि जटिल विषय छ । रेमिटेन्सबाट बालबच्चाले राम्रो शिक्षा पाएका छन्, उपचार नपाएर अकालमा मर्नेले अहिले उपचार पाएर आयु लम्बिएको छ, सानातिना उद्योग, व्यवसाय सञ्चालन भएका छन् । यसरी हेर्दा अनुत्पादक भन्न मिल्दैन ।
अन्य उत्पादनशील क्षेत्रमा लगाउने सम्भावना के छ ?
अन्य उत्पादक क्षेत्रमा पनि खर्च गरेर उत्पादन बढाउन सरकारको पनि योजना छ । म अहिले विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्य पनि छु । हामीले कसरी विदेशमा युवाहरूले कमाएको पैसालाई संकलन गरेर विद्युत उत्पादन गरेर उनीहरूलाई आम्दानी दिने भन्ने सोचिरहेका छौँ । रेमिट हाइड्रोको कन्सेप्ट आएको छ । वैदेशिक रोजगारीबाट आएको आम्दानीलाई हाइड्रोमा लगाउने तयारी गरिरहेको छ । क्रमशः लगानीको अन्य क्षेत्रमा लैजान सरकार पनि लागिरहेको छ ।
हाइड्रोमा कसरी लगानी गर्न पाउँछन् ?
यो दीर्घकालीन परियोजना हो । विदेशिएका युवाले एकै पटक धेरै लगानी गर्न पनि सक्दैन र तुरुन्त प्रतिफल पनि आउँदैन । त्यसैले अहिले थोरैथोरै लगानी गरेर पछि स्वदेश फर्केपछि त्यसबाट आम्दानी भएर पेन्सन खाने जस्तो हुनेछ ।
यहाँको कम्पनी व्यावसायिक घरानाको रूपमा रूपान्तरित हुन लागेको हो ?
हरेक चिज सानोबाट ठूलो हुन्छ । यो दश वर्षको अवधिमा हाम्रो टिमले धेरै हन्डर खायो, धेरै मेहनत ग¥यो । त्यसकै प्रतिफल हो यो । हन्डर खाएपछि नै सफलता पाइन्छ । यो त हाम्रो सुरुवात हो, डेस्टिनेसन होइन । कम्पनीको बाटो अझै धेरै बढ्छ भन्ने लाग्छ ।
नयाँ योजना के छ ?
नेपाली पहिला मध्यपूर्वका देशमा काम गर्थे । अहिले ट्रेन्ड फेरिएको छ । जापान, अस्ट्रेलिया, कोरियालगायत देशमा जान थालेका छन् । त्यसैले आगामी जनवरी÷फेबु्रअरीदेखि कोरियाबाट सेवा सुरु गर्दै छौँ । अहिले त्यहाँबाट १० प्रतिशत मात्र लिगल च्यानलबाट रेमिट आइरहेको छ । कोरियाको ‘जी मनी ट्रान्फर’ कम्पनीसँग सहकार्य गरेर ल्याउन लागेका हौँ । कोरियाबाट बैंकिङ च्यानलबाट आउनासाथ रेमिटेन्स पनि वृद्धि हुन्छ । साथै, फाइनान्स कम्पनी पनि सञ्चालन गर्ने योजनामा छौँ ।
कति मुलुकबाट रेमिटेन्स भिœयाउनुभएको छ ?
विश्वमा नेपालीहरू जहाँजहाँ छन् त्यहाँत्यहाँबाट रेमिटेन्स भिœयाइरहेका छौँ ।
यहाँको कम्पनीमा कतिले रोजगारी पाएका छन् ?
स्वदेश र विदेशमा गरी करिब डेढ सय जनाले रोजगारी पाएका छन् । रेमिट एजेन्टका रूपमा त हजारौँ छन् ।
स्कुले जीवनमा के गर्छु भन्ने योजना थियो ?
पहाडी क्षेत्रमा जन्मिएर अर्घाखाँची÷गुल्मीमा अध्ययन गरेको हुँ । सानोमा सबैले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्थे । तर, काठमाडौँ आएर अध्ययन गरेपछि जागिर मात्र होइन रोजगारी पनि सिर्जना गर्नुपर्छ भन्ने लाग्यो ।
यहाँको रुचि केमा छ ?
पढ्नुमा ।
के पढ्न रुचाउनुहुन्छ ?
सफल मान्छेका कथा पढ्दा आनन्द आउँछ ।
कुनै सफल व्यवसायीको नाम लिनुपर्दा ?
आईएमईका बोस चन्द्र ढकाल । सुरुमा म पनि आईएमईमै थिएँ ।
सफलताका लागि के चाहिन्छ ?
मेहनत गर्ने, धैर्य राख्ने । मेहनत र धैर्यबाट सफलता पाउन सम्भव छ ।

Leave A Comment