वजन घटाउने खाना

बिहिबार, १६ मङि्सर २०७३, ११ : २५ शुक्रवार , Kathmandu
वजन घटाउने खाना

दही
दहीमा प्रोटिन बढी पाइन्छ । स्लिम बन्न चाहनेले हरेक दिन भोजनमा दही समावेश गर्नुपर्छ ।
बोसोरहित मासु
कुखुरा, हाँस आदिको मासुमा बोसोको मात्रा कम र प्रोटिन बढी हुन्छ ।
अण्डा
बोसोरहित मासुजस्तै अण्डा पनि प्रोटिनको राम्रो स्रोत हो । बिहान दुईवटा अण्डा खानाले शरीरमा प्रोटिनको आपूर्ति पनि हुने र लामो समयसम्म भोक नलाग्ने अनुसन्धानले देखाएको छ । यो दुवै अवस्था वजन घटाउन उपयुक्त छन् ।
प्रोटिनयुक्त सलाद
काँक्रो, मुला, गाजर आदिको सलादमा प्रोटिनको मात्रा बढाउन यसमा सूर्यमुखी फूलको बीउ, काजु, किसमिस, उसिनेको अण्डा  अथवा कुखुराको मासु आदि थप्न सकिन्छ ।
भिजाएको नट्स
हाडेबदाम, ओखरजस्ता नट्सलाई भिजाएर खाने गरेमा शरीरलाई फाइदा गर्ने फ्याट र प्रोटिन हासिल गर्न सकिन्छ । यसो गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जसले गर्दा भोक लागिरहँदैन । र, वजन बढ्ने सम्भावना कम हुन्छ ।  
माछा
माटा प्रोटिनको राम्रो स्रोत हो । पोखरीमा पालिएको भन्दा पनि प्राकृतिक रूपमा हुर्किएका माछामा प्रोटिन अझ बढी हुन्छ ।
तरकारी
कोसेतरकारी, ब्रोकाउली, कुरिलो, पालुंगो, लसुन आदि खाएर शरीरमा प्रोटिनको इन्टेक बढाउन सकिन्छ ।

 

Leave A Comment