जाडोमा कपालको हेरचाह

शुक्रबार, १७ मङि्सर २०७३, १० : ५१ शुक्रवार , Kathmandu
जाडोमा कपालको हेरचाह

जाडोमा घरबाहिर ठिहि¥याउने जाडो र घरभित्र न्यानो हुने हुँदा घरभित्र/बाहिर गर्दा छालासँगै कपालमा पनि अनेक समस्या आउने गर्छन् । त्यसैले जाडोमा कपालको हेरचाहमा विशेष ध्यान दिनुपर्छ ।

कन्डिसनिङ अनिवार्य
हरेक पटक नुहाएपछि कन्डिसनिङ गर्नुपर्छ । यसले कपालको चमक कायम राख्ने र बलियो बनाउने गर्छ । बजारबाट किनेको कन्डिसनर लगाउन चाहनुहुन्न भने नरिवलको पानी लगाउँदा पनि हुन्छ ।

तेल लगाउने
जाडोमा कपाल बढी फुस्रो हुने भएकाले तेल लगाउने गर्नुपर्छ । नुहाउनुभन्दा एक÷डेढ घण्टाअघि टाउकोमा तेल लगाएर मसाज गर्नाले कपाल चम्किलो र बलियो बन्छ ।

टोपीभित्र रुमाल राख्ने
जाडोमा टोपी लगाउने गरिन्छ । ऊनीको टोपी लगाउँदा कपाल फुुस्रो हुने, चिलाउने, टुट्ने, झर्ने गर्छ । यसबाट बच्न सुतीको रुमाल अथवा कपडाले कपाललाई छोपेर त्यसमाथिबाट टोपी लगाउने गर्नुपर्छ ।

तातो पानीले ननुहाउने
जाडोमा तातो पानीले नुहाउन मज्जा आउँछ । तर, तातो पानीले कपाल धुनु चाहिँ हुँदैन । तातो पानीले कपाल धुँदा कपाल फुस्रो र कमजोर हुन्छ । असाध्यै जाडोमा चिसो पानीले नुहाउँदा स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले काँडा मर्ने गरी हल्का पानी तातो गरेर कपाल धुनुपर्छ ।

बढी स्याम्पू नलगाउने
कपालमा प्राकृतिक रूपमै चिल्लोपना हुन्छ, जुन कपालका लागि ज्यादै लाभदायक हुन्छ । दिनदिनै नुहाएपिच्छे कपालमा स्याम्पू दल्नाले कपालको यस्तो चिल्लोपना कम हुन्छ । त्यसैले जाडोमा सातामा दुई पटकभन्दा बढी कपालमा स्याम्पू लगाउनु हुँदैन ।  

हेयर स्पा लिने
जाडो याममा हरेक १५ दिनमा कपालको स्पा गराउनु उत्तम मानिन्छ । यसअन्तर्गत तेलले कपाल मसाज गर्ने, कपालमा बाफ लिने, स्याम्पू लगाउने र बाक्लो कन्डिसनिङ मास्क लगाउने काम पर्छन् । कपाल मसाज गर्न नरिवल, तोरी, जैतुन, बदाम अथवा अमलाको तेल प्रयोग गर्नु राम्रो हुन्छ ।

ड्रायर नचलाउने  
जाडो याममा नुहाएपछि कपाल सुकाउन ड्रायरको प्रयोग ठ्याम्मै गर्नु हुँदैन । यसले कपाललाई फुस्रो, सुखा र कमजोर बनाउँछ । ड्रायर प्रयोग नगर्दा कपाल सुक्न समय त लाग्ला, तर सुकिसकेपछि कपाल चम्किलो हुन्छ ।

 

Leave A Comment