यसकारण खाने बन्दागोभी

शनिबार, १८ मङि्सर २०७३, ०३ : ५० शुक्रवार , Kathmandu
यसकारण खाने बन्दागोभी

वजन घटाउन
बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।
दिमाग तेजिलो बनाउन
बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्सजस्ता तŒव प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्छन् । यिनले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमरजस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ ।
सुन्दर बन्न
चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ । यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ ।
शरीरका विकार फाल्न
बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ । बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ ।
क्यान्सरको जोखिम घटाउन
बन्दागोभीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेनजस्ता तŒवले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ । बन्दागोभी खाइरहने महिलामा स्तन क्यान्सर देखा पर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ ।
रक्तचाप नियन्त्रणमा राख्न
बन्दागोभीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ ।
 

 

Leave A Comment