रेखाको ‘रियल’ भूमिका

आइतबार, १९ मङि्सर २०७३, १० : ५८ शुक्रवार , Kathmandu
रेखाको ‘रियल’ भूमिका

रेखा थापा हिरोइन हुन् । हिरोइनका रूपमा मायाप्रेम, रोनाधोना, ड्याङडुङ सबै गरिसकिन् । जहाँ कि प्रेम दर्शाएकी छिन्, कि क्रोध । तर, वास्तविक जीवनमा रेखा आम हिरोइनभन्दा भिन्न छिन् । बोल्ड रेखाले यसपल्ट त्यस्तै भूमिका प्राप्त गरेकी छिन् । उक्त फिल्म हो, ‘डायरी’ । जसको भर्खरै टिजर रिलिज भएको छ । टिजरअनुसार फिल्ममा रेखा सशक्त नारीको भूमिकामा छिन् । जसले पुरुषको ‘सत्ता’लाई च्यालेन्ज गरिरहेकी छे । सायद पहिलोपल्ट नै उनी खलपात्रका रूपमा फिल्ममा देखिँदैछिन् । फिल्ममा हिरोइन भने छुल्ठिम गुरुङ छिन् । हिरोका रूपमा सन्नी सिंह देखिएका छन् । ‘नोभेम्बर रेन’की ‘डल्ली’ को भूमिकामा खरो उत्रेकी छुल्ठिम यसमा पनि चुलबुले युवतीका रूपमा देखिएकी छिन् ।  

 

 

Leave A Comment