बिहेको ग्यारेन्टी

सोमबार, २० मङि्सर २०७३, १० : ०६ शुक्रवार , Kathmandu
बिहेको ग्यारेन्टी

निर्माता छवि ओझाले फिल्म आउँदा विवाहको हल्ला चलाउँछन् । त्यसैले उनको विवाहको कुरा ‘गोठालो र बाघको कथा’ भइसक्यो । यसपल्ट फिल्म नआएको बेला अभिनेत्री शिल्पा पोखरेलसँग बिहे हुने पक्का भएको उनले बताएका छन् । तर, कसैले पत्याए पो ! त्यसैले उनले एक कदम अघि सरेर शिल्पासँग बिहे हुने ग्यारेन्टी  गर्दै भनेका छन्, ‘शिल्पाका आमाबुबासँग कुरा भइसक्यो । चिना हेराउँदा अलि पछि बिहे गर्नू भन्ने सुझाव आएकाले रोकिएका हौँ ।’  छविले यता शिल्पालाई घर भिœयाउने दाबी गरिरहँदा उता शिल्पाले ३४ लाख रुपैयाँको कार घर भिœयाएकी छिन् । निर्माता ओझाका बाहेकका फिल्ममा फाट्टफुट्ट मात्रै देखिने शिल्पाको सवारीलाई छविको दाबीसँग जोडेर हेर्न थालिएको छ । भन्न थालिएको छ, ‘कञ्जुस निर्माता कहलिएका छविले बिहेको ग्यारेन्टी गरेर कार किनिदिए कि ?’

Leave A Comment