टंकको ‘गुल्टियो झिल्के’

बुधबार, ०८ असार २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
टंकको ‘गुल्टियो झिल्के’

गायक टंक बुढाथोकीले स्वर दिएको ‘गुल्टियो झिल्के’ बोलको ट्राफिक गीत सार्वजनिक भएको छ । गीतलाई राजधानीमा शुक्रवार महानगरीय ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले सार्वजनिक गरेका थिए । सन्तोष सापकोटाले लेखेको यो गीतमा टंककै संगीत रहेको छ । नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाका प्रहरी नायब निरीक्षक सन्तोष लामा मोक्तानले यो गीतको भिडियो छायांकन, सम्पादन र निर्देशन गरेका हुन् । भिडियोमा एउटा युवकले कसरी सडकमा लापरबाहीका साथ मोटरसाइकल कुदाउँछ र त्यसको परिणाम के निक्लिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । सुमन सागरजंग शाही, सरु गौतम, विवेक बजगाई, लुना गुराँगाई, अशोककुमार निरौला आदि कलाकारले भिडियोमा अभिनय गरेका छन् । 

Leave A Comment