अण्डाका फाइदा

शुक्रबार, २४ मङि्सर २०७३, १० : २७ शुक्रवार , Kathmandu
अण्डाका फाइदा

अण्डा पौष्टिक तŒवले भरिपूर्ण हुन्छ । अण्डाका केही लाभ यस्ता छन्ः
–अण्डामा भिटामिन ए, डी, बी–१२ सँगै फस्फोरस, फोलेटलगायत तŒव पाइन्छन् । यी तŒवले शरीरलाई दह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ ।
–शरीरको वजन घटाउने सोचमा हुनुहुन्छ  भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको मात्रा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।  
–अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत गर्छ ।
–अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउने गर्छन् ।
–बिहान उठेपछि अल्छी लाग्यो भने भने अण्डा खाने गर्नुस् । यसले एनर्जी बुस्टरको काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
–    काँचो अण्डामा दिमाग तेजिलो बनाउने तŒव हुन्छ ।
–    अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तŒवले कपाल र छालालाई बलियो र चम्किलो बनाउँन मद्दत पु¥याउँछन् । खानुका साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

 

Leave A Comment