वजन घटाउन के नगर्ने ?

शनिबार, २५ मङि्सर २०७३, १० : ३७ शुक्रवार , Kathmandu
वजन घटाउन के नगर्ने ?

वजन घटाउने धुनमा धेरैले गम्भीर गल्ती गरिरहेका हुन्छन् । ‘स्लिम’ बन्ने नाममा यस्ता काम फिटिक्कै गर्नु हुँदैनः
 
प्रोटिन बढी नखाने
फ्याट, कार्बोहाइड्रेड र सुगरजन्य खानाले मोटाउने भएकाले स्लिम बन्न प्रोटिनयुक्त खाना बढी खाने गर्छन् । तर, बढी मात्रामा प्रोटिन खाइयो भने यो शरीरमा गएर फ्याट र सुगरमा परिवर्तित हुन्छ । यसले शरीरलाई थप मोटो बनाउँछ ।
 
जुस नखाने
कतिपयले बिहानको खाजामा जुस मात्र पिउने गर्छन् । जुस पिउनाले रगतमा सुगरको मात्रा र इन्सुलिन बढ्ने गर्छ । इन्सुलिन बढ्दा भोक बढी लाग्छ । भोकले मानिसलाई स्लिम बन्न दिँदैन ।
 
कम नसुत्ने
बढी सुत्दा मोटाइन्छ भन्ने आम मान्यता छ । त्यसैले स्लिम बन्ने धुनमा मानिस कम सुत्ने गर्छन् । तर, कम सुत्नाले भोक बढी लाग्छ र अझ मोटाइन्छ ।
 
भोकै नबस्ने
स्लिम बन्ने बहानामा हामी ज्यादै कम खाने अथवा लामो अन्तरालपछि खाने गर्छौं । तर, यसो गर्दा उल्टो मोटाइने डर हुन्छ । किनकि, लामो समयसम्म भोकै बस्दा पछि एकैचोटि धेरै खाइन्छ । एकैचोटि खाने मानिसभन्दा थोरैथोरै खाइरहने मानिस कम मोटाउँछ ।

Leave A Comment