‘हिरो बनेर भिलेन कुट्न चाहन्थेँ’

बुधबार, ०८ असार २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
‘हिरो बनेर भिलेन कुट्न चाहन्थेँ’

दीपक कोइराला
नेकपा (माओवादी केन्द्र) कास्की अध्यक्ष एवं केन्द्रीय सदस्य

मनोरञ्जन लिन के गर्नुहुन्छ ?
फिल्म हेर्छु । काठमाडौँ हुँदा मण्डला थिएटरमा नाटक हेर्छु । लोडसेडिङ नभएको बेला टीभीमा आउने हास्यव्यंग्यका सिरियल हेर्छु ।
 
पछिल्लो पटक हेरेको फिल्म ?
‘रोल्पा रोग’ । फिल्मले जनयुद्धले पारेको प्रभावलाई उठान गरेको छ । त्यसअघि ‘वडा नम्बर ६’ हेरेको थिएँ ।


नेपाली फिल्म कस्ता लाग्छन् ?
पहिलादेखि नै नेपाली फिल्मभन्दा हिन्दी फिल्म बढी हेर्थें । तर, पछिल्लो समय बनेका नेपाली फिल्म मौलिक छन् । ‘लुट’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘रोल्पा रोग’, ‘वडा नम्बर ६’ लगायत फिल्म निकै मन परे ।

दोहो¥याएर हेरिएको नेपाली फिल्म ?
फिल्म ‘मनकामना’ धेरै पटक दोहो¥याएर हेरेको छु । टीभीमा हेर्दा चाहिँ धेरै फिल्म दोहोरिएका छन् तर हलमा गएर दोहो¥याएर हेरेको फिल्म त ‘मनाकामना’ नै हो ।

कस्ता फिल्म मन पर्छन् ?

सामाजिक परिवेशका फिल्म मन पर्छन् । जनयुद्ध लडेर, सहभागी भएर, कमान्डर भएर मोर्चा पनि समालेर आइयो । ‘लालसलाम’, ‘जनयुद्ध’ लगायत जनयुद्धलाई आधार बनाएका र समाजलाई रूपान्तरण गर्ने खालका कथा भएका फिल्म बढी मन पर्छन् ।

फिल्म हेर्न मन पराउनु हुँदोरै’छ, हिरो बन्ने सपना देखिएन ?
स्कुल पढ्दाताका नाटकमा अभिनय गर्थें । फिल्ममा हिरोले भिलेन कुटेको देख्दा आफू पनि हिरो बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । हिरो बनेर भिलेन कुट्न चाहन्थेँ । तर, १४ वर्षकै उमेर राजनीतिमा लागेपछि नेता हुने कि अभिनेता भन्नेतिर ध्यान गयो र अहिले नेतै भइयो ।

गीत संगीत कत्तिको सुन्नुहुन्छ ?
समय हुँदासम्म सुन्छु । सुन्न त मनोरञ्जन दिने सबै गीत सुन्छु तर समाज परिवर्तन गर्ने खालका प्रगतिशील, राष्ट्रवादी गीत बढी सुन्छु ।

मन पर्ने गायक÷गायिका ?
नारायण गोपाल । युवापुस्तामा नाम भन्नु पर्दा चाहिँ आस्था राउत मन पर्ने गायिका हुन् ।

किताब कत्तिको पढ्नुहुन्छ ?
राजनीति गरेपछि किताब त पढ्नैप¥यो । प्रगतिशील पुस्कत र बजारमा आएका चल्तीका किताब पढ्छु ।
 
सामाजिक सञ्जाललाई कति समय दिनुहुन्छ ?
धेरै समय त दिँदैन । तर, समय मिल्दा चलाउँछु । आजभोलि त सामाजिक सञ्जाल मुखपत्र जस्तो भएको छ । आफ्ना सबै कुरा राख्न पाइन्छ ।

कत्तिको फेसनप्रेमी हुनुहुन्छ ?
फेसनेबलै त छैन तर कार्यक्रम अनुकूल पोशाक चयन गर्छु ।

खेल मन पर्छ ?
खेलकुदमा लागेकाले सबै खेल मन पर्छन् । सानोमा फुटबल मन पथ्र्यो । पछि बिस्तारै क्रिकेट क्रेजी भइयो ।

प्रस्तुतिः मनोज घर्तीमगर

 

 

 

 

Leave A Comment