महिनावारीमा ध्यान दिनुपर्ने कुरा

आइतबार, २६ मङि्सर २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
महिनावारीमा ध्यान दिनुपर्ने कुरा

चिल्लोपिरो नखाने
महिनावारी भएको बेला पेट सुनिने, दुःख्ने आदि हुन्छ । यस्तोमा चिल्लोपिरो अथवा मसलेदार खाना खाइयो भने पेटलाई थप भार पर्छ ।
स्वस्थ खाना खाने
महिनावारी भएको बेला हरियो सागपात, फलफूल, पानी र अन्य झोल पदार्थ बढी खानुपर्छ । यसले शरीरलाई कमजोर हुन दिँदैन ।
तातो दूध पिउने
महिनावारी भएको बेला राति खाना खाएपछि एक ग्लास तातो दूध पिउनु लाभदायक हुन्छ । राति सुत्नुअघि दूध पिउँदा निद्रा पनि राम्रो लाग्छ ।
व्यायाम गर्ने
महिनावारी भएको बेला व्यायाम गर्नु हुँदैन भन्ने मान्यता धेरैमा छ । तर, महिनावारी भएको बेलामा व्यायामको झन् बढी आवश्यकता हुन्छ । व्यायाम गर्दा शरीरको रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ जसले गर्दा शरीरभरि अक्सिजनको आपूर्ति हुन जान्छ ।
आठ घण्टा सुत्ने
महिनावारीमा पेट दुख्ने, सुनिनेलगायत समस्या हुने भएकाले आठ घण्टासम्म निदाउनु उपयुक्त हुन्छ ।
सरसफाइमा ध्यान दिने
महिनावारी भएको बेलामा हरेक चारदेखि छ घण्टाको बीचमा सेनिटरी प्याड बदल्नुपर्छ । प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुनुपर्छ ।
 पखालिरहने
महिनावारी भएको बेला योनिको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नत्र इन्फेक्सन हुन सक्छ । योनि पखालिसकेपछि यसलाई राम्रोसँग पुछेर सुक्खा राख्नुपर्छ ।
 पेन्टी फेर्ने
महिनावारी नभएको बेला महिलाले हरेक दिन पेन्टी फेर्नुपर्छ । महिनावारी भएको बेला दिनमा दुई अथवा तीन पटकसम्म पेन्टी फेरेमा योनि सफा रहन्छ ।
खुकुलो लगाउने
महिनावारी भएको बेला खुकुलो पहिरन लगाइयो भने सहज महसुस हुन्छ ।
चिकित्सकको परामर्श लिने
सरसफाइमा ध्यान दिएमा महिनावारीको बेला योनि गनाउँदैन । सरसफाइ गर्दा पनि गन्ध आउने, चिलाउने, रगतलगायत तरल पदार्थ बढी बग्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।

 

Leave A Comment