सुशीलको ‘ओ माई म्यान’ प्रिमियर

बुधबार, ०८ असार २०७३, १२ : १६ शुक्रवार , Kathmandu
सुशीलको ‘ओ माई म्यान’ प्रिमियर

रंगपत्रकार सुशील पौडेलले सर्ट फिल्म ‘ओ माई म्यान’ लेखेका छन् । विवाहेत्तर सम्बन्ध र काल भैरवको किंवदन्तीलाई आधार बनाएर लेखिएको सर्ट फिल्मको मंगलवार राजधानीस्थित क्युज सिनेमामा प्रिमियर गरियो । २२ मिनेट १९ सेकेन्ड लामो फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् । मानिसहरू आफूलाई अप्ठ्यारो वा दुःख पर्दा ‘ओ माई गड’ भन्ने गर्छन् । फिल्ममा यसलाई नै व्यंग्यात्मक शैलीमा भगवान्बाट ‘ओ माई म्यान’ भनिएको छ जुन फिल्मको शीर्षक नै हो ।
फिल्ममा आफूभन्दा निकै कम उमेरकी युवतीलाई विवाह गरेका एक पाका उमेरको पुरुषको कथा छ । युवतीले भने उमेर सुहाउँदो पुरुषलाई श्रीमती बनाएकी हुन्छिन् । एक दिन सासूले उनको चर्तिकला देखेपछि काल भैरवको मूर्तिसम्म उनीहरूको विवाद पुग्छ । कालभैरवको मूर्तिमा छोएर झुट बोले तत्काल रगत छादेर मृत्यु हुने किंवदन्तीमाथि फिल्मका पात्रहरू विश्वास राख्छन् ।
पुनम गौतमले निर्माण गरेको फिल्ममा स्वस्तिका राजभण्डारी, शम्भू थापा, लक्ष्मी गिरी, रमा थपलिया र बालकलाकार कुसाग्र भट्टराईको अभिनय रहेको छ । ‘कन्सेप्ट नयाँ लागेर फिल्म लेखेको हुँ,’ फिल्मबारे लेखक पौडेलले भने ।

 

Leave A Comment