फ्रेसियाका नयाँ उत्पादन बजारमा

सोमबार, २७ मङि्सर २०७३, १० : ०३ शुक्रवार , Kathmandu
फ्रेसियाका नयाँ उत्पादन बजारमा

फ्रेसियाले नेपाली जडीबुटी मिसिएको नयाँ उत्पादन बजारमा ल्याएको छ । छालामा देखिएको कालो दाग घटाइ चम्किलो बनाउन अग्र्यानिक पपया र टर्मेरिक क्लिन्जिङ मिल्क बजारमा ल्याएको हो । एक सय र पाँच सय एमएलमा पाइने क्रिमले छालालाई कोमलसमेत बनाउने कम्पनीको दाबी छ ।
त्यसै गरी कलाप झर्ने, हाँगा फाट्ने समस्या भएकाहरूको उपचारमा,समेत सघाउ पुग्ने गरी हेयर ट्रिटमेन्ट क्रिम पनि ल्याएको छ । पाँच सय एमएलमा रहेको यो क्रिमले कपाललाई नरम र मुलायम बनाउने फ्रेसिया इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक मिलन थापाले बताए ।

Leave A Comment