लोकदोहोरीमा रश्मिको राज

बुधबार, ०८ असार २०७३, १२ : ३६ शुक्रवार , Kathmandu
लोकदोहोरीमा रश्मिको राज

लोकदोहोरीका नृत्यांगनामा सम्झना बुढाथोकी, पार्वती राईपछि रश्मि तामाङको सिजन सुरु भएको छ । सम्झना ओझेल पर्दै जाँदा पार्वती चम्किएकी थिइन् भने पार्वती ओझेल पर्दै जाँदा अहिले रश्मिको रोशनी बढेको छ । अहिले धेरै लोकदोहोरी गीतमा नाच्ने अवसर पाइरहेकी रश्मि अवार्डहरू पनि एक छत्र राज गर्न थालेकी छिन् । लोकदोहोरीका म्युजिक भिडियोका विधासमेत समेटिने अवार्ड बागमती म्युजिक अवार्ड दुई पटक, तीजगीत अवार्ड, विन्ध्यवासिनी अवार्ड र केही दिनअघि मात्रै लोकदोहोरी अवार्ड हासिल गरेकी छिन् । पछिल्लो दुई वर्षदेखि लोकदोहोरीका म्युजिक भिडियोमा निकै व्यस्त उनले झन्डै तीन सय गीतमा नृत्य गरिसकेको बताइन् ।

 

Leave A Comment