किम्फमा ‘उर्मिला’ उत्कृष्ट

बिहिबार, ३० मङि्सर २०७३, १० : ४६ शुक्रवार , Kathmandu
किम्फमा ‘उर्मिला’ उत्कृष्ट

पूर्वकमलरी उर्मिला चौधरीको कथामा निर्मित ‘उर्मिलाः माई मेमोरी इज माई पावर’ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को चौधौँ संस्करणमा उत्कृष्ट फिल्म घोषित भएको छ । किम्फ डिसेम्बर ८ देखि १४ सम्म चलेको थियो । सुसान ग्लुथ निर्देशित ‘उर्मिला’ ले १५ सय डलर जितेको छ । त्यस्तै, केसाङ छेतेनले निर्देशन गरेको ‘ट्रेम्ब्लिङ माउन्टेन’ले दोस्रो हुँदै एक हजार डलर जितेको छ भने फेडेरिको सान्टिनी निर्देशित ‘भर्सो लिग्नोटो’ले तेस्रो हुँदै पाँच सय डलर प्राप्त गरेको छ । ‘जुरी मेन्सन अवार्ड’ भने तेबोहो एड्किन्स निर्देशित ‘कमिङ अफ एज’ र मातिया कोलम्बो÷फेबियो फेरी÷अलेसान्द्रा लोकातेली निर्देशित ‘इल पासो’ ले प्राप्त गरे ।

निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतको ‘दद्या’ ले नेपाल पानारोमा अन्तर्गत उत्कृष्ट फिक्सनको अवार्ड प्राप्त गर्दै ७५ हजार रुपैयाँ प्राप्त ग¥यो । देउकी प्रथामाथि निर्माण भएको पत्रकार देवकी विष्ट निर्देशित ‘देवकी इन सर्च अफ देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित हुँदै ५० हजार रुपैयाँ प्राप्त ग¥यो । त्यस्तै, उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने निर्देशित ‘बियोन्ड द ह्वाइट केन’ले जुरी मेन्सन अवार्ड हात पा¥यो । त्यसै गरी, नेसनल जियोग्राफी च्यानलको ‘एड्भेन्चरर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राईको कथामा आधारित ल्योड बेल्चर निर्देशित ‘मिरा’ ले दर्शक मत सम्मान पाएको छ । इसिमोडले प्रदान गरेको एक हजार डलरको उत्कृष्ट पर्वतीय फिल्मको अवार्ड भने निर्देशक प्रदीप पोखरेलको ‘अ सङ फर बार्पाक’ले प्राप्त ग¥यो ।
किम्फ–२०१६ मा २८ देशका ८० वटा फिक्सन फिल्म, सर्ट फिल्म, एनिमेसन, डकुमेन्ट्री र एक्सपेरिमेन्टल फिल्म समावेश गरिएका थिए । नेपाल पानोरामाअन्तर्गत डा. घनश्याम खतिवडा निर्देशित ‘बाह्रखरी लौरो’,  श्याम कार्की निर्देशित ‘ब्लकेड’, अस्मिता श्रीष÷फातेमा अहमादी निर्देशित ‘चन्द्र’, ज्योतिकेशरसिंह ठकुरी निर्देशित ‘भुसको लोग्ने’, रघु÷शिव निर्देशित मेला, ङिमा गेलु लामा निर्देशित ‘फुलसिरी’, गोविन्दप्रसाद खनाल निर्देशित ‘सिमलको भुवाजस्तो’, राजन कठेत निर्देशित ‘स्प्लिट एन्ड्स’, आयुष कापर÷अना महर्जन निर्देशित ‘द किड्नी एक्सन’, फिडेल देवकोटा निर्देशित ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ लगायत फिल्म देखाइएका थिए ।

महोत्सवमा ‘नेपाली फिल्मः यहाँ र अब’ शीर्षकमा बहस कार्यक्रम पनि भएको थियो । बहसमा नवीन सुब्बा, मीनबहादुर भाम, अविनाशविक्रम शाह र दीपक रौनियारले नेपाली फिल्मका विविध आयामबारे चर्चा गरेका थिए ।  

आयोजक हिमाल एसोसियसनका अध्यक्ष वसन्त थापाले महोत्सवले अन्य पर्वतीय समाजलाई नेपाली समाजसँग जोड्ने विश्वास व्यक्त गरे ।

Leave A Comment