फ्यान क्लब कि फन्डा ?

बिहिबार, ३० मङि्सर २०७३, १० : ५४ शुक्रवार , Kathmandu
फ्यान क्लब कि फन्डा ?

अभिनेता जीवन लुइँटेलका फ्यानहरूका लागि खुशीको खबर छ– उनका नाममा फ्यान क्लब खोलिएको छ । शनिवार राजधानीको त्रिपुरेश्वरमा उनका केही फ्यानले उनकै उपस्थितिमा ‘जीवन लुइँटेल फ्यान क्लब’ खोलिएको घोषणा गरे । नेपालमा यसरी कुनै कलाकारको नाममा औपचारिक रूपमा फ्यान क्लब खोलिएको यो दोस्रो पल्ट हो । यसअघि राजेश हमालको नाममा १० वर्षअघि फ्यान क्लब खोलिएको थियो ।  जीवनको नाममा यसरी फ्यान क्लब गठनको नेतृत्व उनका फ्यान गेहेन्द्र बमले गरेका छन् । आफ्नो तस्बिर टाँसिएको टिसर्ट लगाएका फ्यान देखेर जीवन शनिवार खुशी देखिए । ‘जीवनमा कहिल्यै पनि कसैले मेरो फोटो छातीमा टाँसेर हिँड्ला भन्ने कल्पना गरेको थिइनँ । तर, आज यस्तो प्रेम देखेर खुशी लागिरहेको छ,’ उनले भने । यस वर्ष रिलिज भएका आफ्ना फिल्महरू व्यावसायिक रूपमा असफल भएपछि जीवन करिअरलाई लिएर चिन्तित रहेको चर्चा पनि फिल्म जगतमा छ । यही कारण उनी आफ्नै पहलमा फ्यान क्लब खोलेर फन्डा गर्नतिर लागेको गाइँगुइँ पनि उत्तिकै सुनिन्छ । यता जीवन भने फिल्म निर्माण गर्ने तयारीमा जुटिरहेको बुझिएको छ ।

Leave A Comment