बिहेपछि पनि सक्रिय रीमा

बुधबार, ०८ असार २०७३, १२ : ३८ शुक्रवार
बिहेपछि पनि सक्रिय रीमा

नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन्, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् । तर, अभिनेत्री रीमा विश्वकर्मा यो मामिलामा फरक देखिएकी छिन् । बेलायतमा बस्दै आएका प्रेमीसँग बिहे गरेपछि पनि उनै यतै सक्रिय छिन् । म्युजिक भिडियोमा देखिइरहेकी छिन् । अधिकांश फिल्मका प्रिमियरमा सहभागी भइरहेकी छिन् । उनी यतिबेला ‘उफ् यो मन’ नामक फिल्ममा काम गर्ने तयारी छिन् । त्यसपछि विदेशमा छायांकन हुने एक फिल्मका लागि पनि आफू अनुबन्धित भइसकेको उनले बताएकी छिन् ।

Leave A Comment