शुक्रवारदेखि हलमा 'प्रेमी'

बिहिबार, ३० मङि्सर २०७३, ०६ : ०१ शुक्रवार
शुक्रवारदेखि हलमा 'प्रेमी'

नेपाली फिल्म प्रेमी शुक्रबारदेखि राजधानीका हलहरुमा चल्ने भएको छ। प्रेम कथामा आधारित प्रेमीलाई विवेक थापाले निर्देशन गरेका छन्। थापाले फिल्मको स्त्रि्कप्ट पनि आफैंले लेखेका छन्। कृष्णश्री काफ्ले र काशीनाथ पन्थीको संयुक्त निर्माणमा बनेको फिल्ममा कपिल गैरे, सृजना ढकाल, निशान्त पाण्डे, काशीनाथ पन्थी, पशुपति नाथलगायतले अभियन गरेका छन्। 

'प्रेम कथामा आधारित रहेकाले फिल्मको नामै 'प्रेमी राखेका हौं,' निर्माता काफ्लेले भने, 'फिल्मले दर्शकलाई भरपुर मनोरञ्जल प्रदान गर्ने विश्वास लिएका छौं।' उनले फिल्ममा सबै नयाँ कलाकारहरुको अभिनय हेर्न सकिने बताए। नयाँ कलाकारलाई पनि अवसर दिनुपर्ने मान्यता रहेकाले अडिसनमार्फत् कलाकारको छनौट गरेको काफ्लेले बताए। राजधानी बाहिर भने पुस १५ देखि चल्ने काफ्लेले बताए।

बुटवल आसपास खिचेको फिल्ममा विकास चौधरीले संगीत भरेका छन्। फिल्मलाई एम आलेले खिचेका छन् भने गोपाल परियारले द्वन्द्व निर्देशन गरेका छन्। 

बलिउडमा प्रोडक्सन म्यानेजरको कामसमेत गरेका कृष्णश्री काफ्लेले यसअघि उधुम नामक नेपाली फिल्म निर्माण गरेका थिए।

Leave A Comment