फिर्दैैछिन् आना

शुक्रबार, ०१ पुष २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
फिर्दैैछिन् आना

फिल्म ‘जेरी’मा अनमोल केसीको जोडी बनेकी अभिनेत्री आना शर्मा दुई वर्षपछि फिल्ममा फिर्ने तयारीमा छिन् । दुई वर्षको ग्यापपछि उनी निर्देशक हेमराज बीसीको फिल्म ‘ग्याङस्टर ब्लुज’बाट फर्किने तयारीमा छिन् । यो फिल्मका लागि उनी अहिले निकै मिहेनत गरिरहेको पाइएको छ । फिल्मका लागि उनले दैनिक नृत्य कक्षा र वर्कआउट गरिरहेकी छिन् । किन दुई वर्षको ग्याप ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘‘जेरी’ गर्दा म भर्खर १६ वर्षकी थिएँ । त्यसैले दुई वर्ष ग्याप गरेर हाई स्कुल सकाए । त्यसपछि फर्केकी हुँ ।’ ‘जेरी’मा आनाको कामको तारिफ भएको थियो ।

Leave A Comment