बिहानको खाजाबारे यसो भन्छ आयुर्वेद

शनिबार, ०२ पुष २०७३, १० : १३ शुक्रवार , Kathmandu
बिहानको खाजाबारे यसो भन्छ आयुर्वेद

आजभोलिको व्यस्त जीवनमा बिहानको खाजा (ब्रेकफास्ट) नखाई सीधै खाना खाएर कार्यालय जानेहरू बढी छन् । तर, आयुर्वेदले यस्तो कुरालाई प्रोत्साहन गर्दैन । आयुर्वेदका अनुसार बिहानको खाजा शारीरिक र मानसिक आरोग्यका लागि लाभदायक हुन्छ ।
नखाँदा के हुन्छ ?
हरेक मानिसको शरीरमा तीन किसिमका दोष हुन्छन्– कफ, बाथ र पित्त । ब्रेकफास्ट नखाँदा पित्तदोषअन्तर्गत पर्ने सढाका पित्तदोष प्रबल हुन्छ । यस्तो दोषले व्यक्तिको मानसिक अवस्थालाई सन्तुलनमा राख्ने, व्यक्तिलाई प्रसन्न चित्तमा राख्ने आदि काम गर्छ । व्यक्तिको मनोविज्ञानमा आउने यस्तो सन्तुलनले समग्र शरीरलाई सन्तुनलमा राख्ने आयुर्वेदमा उल्लेख छ ।
नखाँदा जोखिम बढ्छ ?
ब्रेकफास्ट नखाँदा शरीरलाई प्रसन्न राख्ने हार्मोन उत्सर्जन कम हुन्छ । यसले व्यक्तिको शरीरमा चिनीको मात्रा बढाउने र इन्सुलिनको मात्रा घटाउने गर्छ । बिहान ब्रेकफास्ट खाए र त्यसको केही घण्टापछि खाना खाएमा रगतमा चिनीको मात्रामा उल्लेख्य थपघट हुन पाउँदैन । रगतमा हुने चिनीको मात्रामा क्रमिक रूपमा फेरबदल हुनु राम्रो मानिन्छ । तर, ब्रेकफास्ट नखाइकन एकै पटक खाना खाँदा चिनीको मात्रा एकै पटक बढ्न पुग्छ । तसर्थ, ब्रेकफास्ट खाने मानिसमा मनोवैज्ञानिक र डायबेटिजको जोखिम कम हुन्छ ।
के खाने ?
आयुर्वेदअनुसार ठोस र तरल खाजा पालैपालोजस्तै गरी खानुपर्छ  । दुई दिन ठोस खाजा आइयो भने एक दिन तरल खाजा खानुपर्छ । अन्नको राजा जौको चिउरालाई खाजामा उत्तम मानिन्छ । त्यस्तै, ताजा फलफूल र तरकारीको झोल पनि उत्तम हुन्छ ।
बिहानको खाजा धेरै भव्य हुनु हुँदैन । मानिसले खाने खाना घामको प्रकृतिअनुरूप हुनुपर्छ अर्थात, बिहानको मन्द घाममा हलुका खाना खानुपर्छ । दिउँसोको चर्को घाममा भव्य खाना खानुपर्छ र राति अस्ताउँदो घाममा पुनः हलुका खाना खानुपर्छ ।

 

Leave A Comment