मनैदेखि जवान राजेश

आइतबार, ०३ पुष २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
मनैदेखि जवान राजेश

अभिनेता राजेश हमालको उमेर कति भयो होला ? ठ्याक्कै त उनले नै भन्न सक्लान् । यति चाहिँ पक्का हो– उनी ५० नाघिसके । जति उमेर ढल्किँदै गयो, त्यति नै आफूलाई तन्नेरी महसुस गर्न थालेका छन् हमाल । पत्रकारसँगको साक्षात्कारमा पनि उनी आफूलाई भर्खर त जवानीले छोएको अभिव्यक्ति दिने गर्छन् । यिनै अभिनेताले हालै आफ्नो फेसबुकमा आफ्नो शरीर राम्रैसँग प्रदर्शन भएका तस्बिर राखे । र, लेखे– ‘दिउँसो श्रीमती मधुले खिचिदिएका केही तस्बिरहरू ...गेट बेटर नट ओल्डर ।’ उनका प्रशंसकहरूले तस्बिरमाथि खाल–खालका प्रतिक्रिया दिए । एक प्रशंसक जिदेन राईले त उनले नै बोल्दै आएको डायलग नै लेखिदिए– ‘न घाम कहिल्यै पश्चिमबाट झुल्किन्छ, न राजेश हमाल कहिले बूढो हुन्छ ।’ हमालले लाइक नठोक्ने त कुरै भएन ।

Leave A Comment