१० कलाकर्मी कांग्रेस प्रवेश

बिहिबार, ०७ पुष २०७३, ११ : १० शुक्रवार , Kathmandu
१० कलाकर्मी कांग्रेस प्रवेश

पछिल्लो समय कलाकर्मीहरू राजनितिमा प्रवेश गर्ने क्रम बढेको छ । अभिनेत्री रेखा थापाले राप्रपा प्रवेश गरेको महिनादिन नबित्दै १० कलाकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

निर्देशक रमेश बुढाथोकी, अभिनेत्री रिस्ता बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायक युवराज चौलागाईं,  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, कलाकारहरू नम्रता योगी, पुर्णम राई, प्रतीक्षा खड्का र रञ्जु सुनाम कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा खादा, माला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराइएको थियो ।

अभिनेता नीर शाह, अभिनेत्री मेलिना मानन्धर, निर्माता राजकुमार राई यसअघि नै कांग्रेस प्रवेश गरिसकेका छन् ।

 

Leave A Comment