‘तिमीसँग’मा नाजिर–साम्राज्ञी

बिहिबार, ०७ पुष २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
‘तिमीसँग’मा नाजिर–साम्राज्ञी

केही समयअघि अभिनेता नाजिर हुसेनले एउटा चाहना व्यक्त गरेका थिए– अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहसँग फिल्ममा काम गर्ने । ‘ड्रिम्स’मा साम्राज्ञीको अभिनय देखेपछि आफू प्रभावित भएको उनले बताएका थिए । उनको चाहना अब पूरा हुने भएको छ । शिशिर राणाको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँग’मा उनले अभिनय गर्ने पक्कापक्की भएको हो । फिल्ममा साम्राज्ञीराज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिरको मुख्य भूमिका रहनेछ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहने निर्देशक राणाले बताए । ‘एउटा राम्रो कलाकारले अर्को राम्रो कलाकार पाउनु भनेको सौभाग्य हो,’ नाजिरले भने । साम्राज्ञीले भने नाजिरको तुलनामा आफूलाई अभिनय गर्न गाह्रो हुने बताएकी छिन् ।

Leave A Comment