नाजिरसँग नाचिन् करिश्मा

शुक्रबार, ०८ पुष २०७३, ११ : १८ शुक्रवार , Kathmandu
नाजिरसँग नाचिन् करिश्मा

नयाँ शक्ति पार्टीमा लागेपछि अभिनेत्री करिश्मा मानन्धर अभिनय क्षेत्रमा त्यति सक्रिय देखिन्नन् । तर, गत साता काठमाडौँ, बागबजारस्थित वृहस्पति डान्स स्कुलमा नाच्दै गरेकी भेटिइन् । उनीसँग नाच्दै गरेका अभिनेता उनीभन्दा धेरै कान्छा थिए, अभिनेता नाजिर हुसेन । दुबईमा हुन गइहेको नवौँ संस्करणको नेफ्टा फिल्म अवार्डका लागि गरिएको तयारी थियो यो । यसपल्ट नेफ्टा अवार्डले नयाँ र पुराना पुस्ताका कलाकारलाई दुबई लैजाने भएको छ । बताइएअनुसार यसपल्ट करिश्माले नाजिरसँग र अभिनेता राजेश हमालले आफूभन्दा धेरै कान्छी अभिनेत्री मलिना जोशीसँग अवार्डमा स्टेज सेयर गर्दैछन् । आफ्ना लागि नाजिर छोराजस्तो भएको र उनीसँग आफ्ना पुराना गीतमा नाच्दा रमाइलो लागिरहेको करिश्माले डान्स रिहर्सलकै क्रममा बताइन् । कान्छा कलाकारसँग हुने राजेश र करिश्माको नृत्य नेफ्टा अवार्डको प्रमुख आकर्षण हुने आयोजक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

 

Leave A Comment