चतरामा मनोजको ‘मोदी’ अवतार

शुक्रबार, ०८ पुष २०७३, ११ : २६ शुक्रवार , Kathmandu
चतरामा मनोजको ‘मोदी’ अवतार

कलाकार मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा हात हल्लाउँदै आफ्नै अगाडि आइपुग्दा सुनसरीको चतराका बासिन्दा एकछिन त चकित परे ।
स्थानीय आदर्श उच्च माविको मैदानमा भएको फेसन परेड तथा सांगीतिक कार्यक्रममा गजुरेलले मोदीको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे । धरानकी रंगकर्मी प्रेशिका निरौलाले गजुरेललाई क्यारिकेचरमा साथ दिइन् । कार्यक्रममा गायिका इन्दिरा जोशी, मेलिना राई, अञ्जु गौतम, गायक सुमन श्रेष्ठ, किशोर थुलुङ लगायतले गीत गाएका थिए । स्थानीय मोडलहरूको फेसन सोसमेत भएको कार्यक्रमको कोरियोग्राफी डीजे ललित राईले गरेका थिए ।

Leave A Comment