जेडटीईको ‘वार्म विन्टर अफर’

शुक्रबार, ०८ पुष २०७३, ११ : २८ शुक्रवार , Kathmandu
जेडटीईको ‘वार्म विन्टर अफर’

चिनियाँ स्मार्ट फोन कम्पनी जेडटीईले ‘वार्म विन्टर अफर’ ल्याएको छ । उक्त अफरअन्तर्गत मोबाइल खरिदकर्ताले प्राप्त गर्ने कार्ड स्क्रयाच गर्दै स्योर सट (पक्का) उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कार्ड स्क्रयाचबाट बाल्ट्राको हिटर, थर्मस, इलेक्ट्रिक केटललगायत सामग्री उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
मोबाइल खरिदमा २६ सय एमएएचको पावर बैंक, सेल्फी स्टिक, १० हजार एमएएचको पावर बैंक र नगद उपहार रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । जेडटीई एक्जोन सेरिजका दुई वटा स्मार्टफोन बजारमा चर्चित रहेको कम्पनीको दाबी छ । मोबाइलको बजार व्यवस्थापक इभोलुसन इन्टरप्राइजेजका माकेटिङ म्यानेजर विशाल आचार्यका अनुसार जारी अफर क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको र जाडो यामभर रहनेछ ।

 

Leave A Comment