दंग नम्रता

शनिबार, ०९ पुष २०७३, ०२ : ०५ शुक्रवार , Kathmandu
दंग नम्रता

दीपाश्री निरौला निर्देशित फिल्म ‘६क्का ५न्जा’ले हलमा सय दिन पार गरेको छ । फिल्म युनिटका सबै खुशी छन् । झन् फिल्मकी अभिनेत्री नम्रता सापकोटाको त खुशीको सीमै छैन रे । ‘आफ्नै फिल्म हेर्न परिवारसँग हलमा जाँदा टिकट पाइनँ । तर, पनि रिस नउठ्दो रैछ । म यो खुशीलाई व्याख्यै गर्न सक्दिनँ,’ उनी मिडियासामु भन्दै हिँडिरहेकी छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘ब्रासलेट’ खासै नचलेपछि निराश भएकी उनी ‘६क्का ५न्जा’को सफलताबाट प्रफुल्ल छिन् । उनले घोषणा हुन बाँकी एउटा फिल्ममा काम गर्ने पक्कापक्की भएको बुझिएको छ ।

Leave A Comment