रौतहटमा कलायात्रा

शनिबार, ०९ पुष २०७३, ०२ : २४ शुक्रवार , Kathmandu
रौतहटमा कलायात्रा

‘योङ पिकासो’को आयोजनामा ‘द लेप्रोसी मिसन नेपाल’को सहयोगमा रौतहट, चन्द्रनिगाहपुरमा कलायात्रा दोस्रो चरण सुरु भएको छ । कुष्ठरोग प्रभावित क्षेत्रमा समाजबाट हेपिएका कुष्ठप्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखी कलाकारहरूले स्थलगत कला रचना गरेका थिए ।
कार्यशालामा कलाकारहरू अजय देसार, पकबहादुर थापा, किशोर नकर्मी, राजमान महर्जन र रमेश श्रेष्ठले स्थलगत कला रचना गरेका थिए ।
‘रौतहट जिल्ला अन्य जिल्लाभन्दा कुष्ठरोगबाट प्रभावित व्यक्तिहरू अधिक रहेको जिल्ला हो,’ योङ पिकासोका कलाकार देसारले भने, ‘यसैले यस जिल्लामा यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।’

 

Leave A Comment