लघुकथा

बुधबार, ०८ असार २०७३, ०१ : १९ शुक्रवार , Kathmandu
लघुकथा

विवश वस्ती
समानता
सधै“भरि घाम छेकिरहने विशाल र अग्लो सालको वृक्षलाई एक दिन वनमाराको बोटले भन्यो– ‘मलाई तिम्ले वर्षौंदेखि घाम छेकिरहेका छौ । जुन रूपमा म हुर्किनुपर्ने हो, तिम्ले घाम छेकेकै कारण म हुर्किन सकिरहेको छैन । अब मलाई घाम नछेक ।’
सालको रूखले भन्यो, प्रत्युत्तरमा– ‘तिम्रो कुरा ठीकै हो । तर, तिमी जुन ठाउ“मा उम्रियौ । त्यो ठाउ“मा मैले घाम छेक्न बाध्य हुनैपर्छ । तिमी नै गलत ठाउ“मा उम्रियौ, मैले के नै पो गर्न सक्छु र ?’
‘त्यसो नभन । अब यो जंगलमा सबै बोट–विरुवाहरूको एउटै र समान हैसियत हुने कानुन लागू भइसक्यो । हे सालको वृक्ष † तिमी पनि अब कानुनअनुरूप चल्नुपर्छ र मलाई घाम छेक्ने अधिकार तिम्लाई छैन ।’ वनमाराको बोट कडा ढंगले प्रस्तुत भयो ।
‘त्यसो भए तिमी पनि म जत्तिकै अग्लो भएर देखाउ ।’ सालको वृक्षले वर्षौंदेखिको आफ्नो उच्च वानस्पतिक चेतनारूपी अहंकार व्यक्त गर्दै भन्यो ।
सालको कुरा सुनेर वनमाराको बोट झन्झन् मुर्झाउन थाल्यो ।

धाक
वर्षौंदेखि चिसो ठाउ“मा पल्टिरहेको सालको एउटा रूखमा असंख्य धमिराहरू सल्बलाइरहेका थिए । चिसो माटोमा दबिएका कारण सालको रूखमा धमिराहरूले आफ्नो वर्चस्व कायम राखेका थिए ।
नजिकै हि“डिरहेको कमिलालाई देखेपछि एउटा धमिराले फुर्ती लगाउ“दै भन्यो– ‘तिम्ले हाम्लाई जहिल्यै कमजोर ठान्यौ र हाम्रो गोलामा हमला गरेर हाम्रा कलिला बच्चाहरूलाई खायौ । के तिम्ले हाम्रो शक्ति देखेका छौ ? यो जंगलको अति नै कडा र शक्तिशाली सालको वृक्षलाई पनि हामी कोतरेर खान सक्छौँ ।’
धमिराको कुरा सुनेर कमिला मुसुक्क हा“स्यो ।
धमिराले सोध्यो– ‘किन हा“सेका हौ ?’
कमिलाले भन्यो– ‘तिम्रो कुरा सुनेर अचम्म लाग्यो । तिमीले वर्षौंदेखि पानीमा भिजेका र माटोले खाएको सालको रूखलाई मात्र खान सक्यौ । तर, अरू सालको रूखलाई केही गर्न सकेका छौ ? बरु हामीले त कठोर सालको रूख खोपेर आफ्नो बासस्थान बनाएका छौं । तिमीहरूले धेरै धाक नलगाए हुन्छ ।’
धमिरा जवाफविहीन बन्यो ।

 

 

 

 

 

 

Leave A Comment