सौगातका लागि हेलिकप्टर

सोमबार, ११ पुष २०७३, ११ : १३ शुक्रवार , Kathmandu
सौगातका लागि हेलिकप्टर

अभिनेता सौगात मल्ल हाल फिल्म ‘बमकाजी’को छायांकनमा व्यस्त छन् । फिल्म ‘शब्द’ की हिरोइन कमली वाइबा उनलाई भेट्नका लागि गत शुक्रवार हेलिकप्टर चार्टर गरेर सुटिङस्थल पुगेको खबरले फिल्म क्षेत्र यतिबेला तातेको छ । फिल्मको छायांकन मनास्लु बेसक्याम्प नजिकै रहेको सामागाउँमा भइरहेको थियो, जहाँ कमलीले सौगातलाई भेटिनन् मात्र, उनलाई काठमाडौँ नै लिएर आइन् । किन त ? बुझिएअनुसार फिल्म ‘शब्द’को अस्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागेका सौगातको भिसा प्रक्रिया अड्किएपछि उनलाई लिन कमली त्यहाँ पुगेकी थिइन् । १२ बजे काठमाडौँ आएका सौगात सोही दिन साँझ ३ बजे सामागाउँ फर्केका थिए । भिसा प्रक्रिया मिलाउनकै लागि निर्माण युनिटले सौगातका लागि करिब तीन लाख रुपियाँ खर्च गरेको बुझिएको छ ।

Leave A Comment