मोबाइललाई विकाससँग जोड्नुपर्छ

सोमबार, ११ पुष २०७३, ११ : २५ शुक्रवार , Kathmandu
मोबाइललाई विकाससँग जोड्नुपर्छ

सञ्चारको बढ्दो प्रयोग र पहुँचका कारण मोबाइलको बजार बढिरहेको छ । विदेशबाट आयात हुने वस्तुमा मोबाइल नेपालमा तेस्रो स्थानमा छ । वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार हुन्छ । बढ्दो बजार, आयात, बजार प्रवद्र्धन, यसको विविधीकरण र नीतिगत समस्याबारे मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणसँग नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको राउन्ड टेबलमा सहभागीले राखेका धारणाको सम्पादित अंशः

‘ग्रे मार्केट शून्यमा झार्नुपर्छ’
दीपक मल्होत्रा
अध्यक्ष, मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन
बजारको अस्वस्थ प्रतिस्पर्धालाई हटाउनुपर्छ । अहिले १५÷२० प्रतिशत मोबाइल ग्रे मार्केटमा आएको छ । यसले समस्या बनाएको छ । भन्सार शून्य दिँदा यो घटाउन धेरै सजिलो भएको छ । हामीले तिरेको भ्याट ६० प्रतिशत फिर्ता दिन थालेपछि अहिले मोबाइलको लिगल मार्केट बढेको छ । मोबाइलमा नक्कली ब्रान्ड आउन रोक्न सरकारी निकाय सक्रिय हुनुप¥यो । ग्रे मार्केटलाई शून्यमा झानुुपर्ने दायित्व छ । अस्वस्थ प्रतिस्पर्धाले मोबाइल बजार बिग्रिएको छ । हामीले तिरेको कर रिफन्ड भएपछि त्यो मूल्य हामीले उपभोक्तालाई सस्तोमा दिएका छौँ । स्मार्ट फोनको अन्त्य छैन । हामी फोर जीमा जान ढिला भएको छ । मोबाइल क्रान्ति भएको छ । हरेक महिना नयाँ ब्रान्डका मोबाइल नेपाली बजारमा थपिँदै गएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणले गुणस्तरमा ध्यान दिनुप¥यो ।

‘व्यापारलाई सरलीकरण गर्नुपर्छ’
अमित अग्रवाल
महासचिव, मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन

दुई वर्षको अवधिमा मोबाइलको बजार ४० प्रतिशतले बढेको छ । मोबाइल अति आवश्यक भएको छ । प्रयोगकर्ताको संख्या करिब तीन करोड नाघेको छ । एकै जनाले दुई वटा मोबाइल बोक्ने भएकाले जनसंख्याभन्दा धेरै बिक्री भएको छ । मोबाइलकै कारण टेलिकम्युनिकेसनमा ९४ प्रतिशत योगदान छ । गत वर्ष करिब २५ अर्ब रुपैयाँको व्यापार भएको थियो । यो वर्ष चार महिनाकै अवधिमा १२ अर्बको व्यापार पुगेको छ । करिब १ सय ६५ करोड राजस्वमा योगदान रहेको छ । उपभोक्तालाई फाइदा दिएर व्यापार वृद्धि गर्न लागेका छौँ । सरकारले भ्याट रिफन्ड गरे पनि यो झन्झटिलो भएको छ । व्यापारको लागि सरलीकरण गर्नुप¥यो ।

‘प्रविधिलाई उपयोग गरौँ’
प्रभाकरशमशेर थापा
सदस्य, मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन
मोबाइलको बिक्री बढाउन उपकरण, सेवा र प्रविधिलाई ध्यान दिनुपर्छ । मोबाइलकै कारण डेस्क कम्युटर विस्थापित भएका छन् । मोबाइलमार्फत प्रविधिलाई कसरी उपयोग गर्ने भन्नेमा हामी लागेका छौँ । हाम्रा नीति निर्माताले नीतिमा ध्यान दिन सकेका छैनन् । मोबाइलका माध्यमबाट किसानको उत्पादकत्व बढाउनसमेत एप्सलाई प्रयोगमा ल्याउन सकिन्छ । शिक्षामा साक्षरता बढाउन, स्वास्थ्यमा सघाउन , सुशासन कायम गर्न मोबाइल सहायक हुन सक्छ । हामी थ्र्री जी, फोर जीको अभ्यास गरिरहँदा विकसित देश फाइभ जीमा गइसके । विश्व परिवेश र समय सुहाउँदो रूपमा नयाँ पुस्ताको मागलाई सम्बोधन गर्न सक्नुपर्छ । उपलब्ध प्रविधिलाई अधिकतम प्रयोग गर्नुपर्छ ।

‘मोबाइललाई विकाससँग जोड्नुप¥यो’
आनन्दराज खनाल
निर्देशक, नेपाल दूर सञ्चार प्राधिकरण
मोबाइल आयातकर्ताको मुख्य समस्या कर हो । यसको विषयमा अर्थमन्त्रालयका अधिकारी सकारात्मक छैनन् । मोबाइलमा उच्च कर लिने हाम्रो देश विश्वमै तेस्रो स्थानमा छ । कर घटाएपछि बिक्री बढेर राजस्व बढ्छ । मोबाइलकै माध्यमबाट निरक्षर नागरिकलाई साक्षर बनाउन सकिन्छ । सहस्राब्दी विकास लक्ष्य पूरा गर्नका लागि, वित्तीय समावेशीकरण गर्न, अवसरलाई विविधीकरण गर्न मोबाइलको महŒवपूर्ण भूमिका रहेको छ । मोबाइललाई विकाससँग जोड्न व्यवसायीले नयाँ योजना बनाउनु आवश्यक छ । त्यसका लागि व्यवसायीले अनुसन्धान गरेर व्यापारलाई अझै विविधीकरण गर्नुपर्छ ।
 

Leave A Comment