‘उहिले उत्पातै फिल्म हेरिन्थ्यो’

सोमबार, ११ पुष २०७३, ०१ : १९ सृजना खड्का , Kathmandu
‘उहिले उत्पातै फिल्म हेरिन्थ्यो’

सबुज बानियाँ, काठमाडौँ जिल्ला सभापति, नेपाली कांग्रेस

कति भयो राजनीतिमा लाग्नुभएको ?
तीन दशकभन्दा बढी भयो ।
कसरी लागियो ?
कलेज पढ्दादेखि नै एकदमै चनाखो थिएँ । समाजमा हुने–गरेका विकास निर्माण र नागरिक सचेतनाका विभिन्न कार्यक्रममा औधि रुचि लाग्थ्यो । यसरी विभिन्न क्षेत्रमा संलग्न हुँदाहुँदै नजानिँदो पाराले राजनीतिमा लागियो ।
तपाईंका रुचि के–के छन् ?
समाजसेवा र शिक्षण ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
घुमघाम गर्छु । विश्वका १५/२० वटा  देश घुमिसकेँ । नेपालका केही ठाँउ घुम्ने निकै इच्छा छ ।
ती ठाउँ कुनकुन हुन् ?
रुकुम, रोल्पा र जाजरकोट ।
फिल्म कत्तिको हेरिन्छ ?
पहिला–पहिला उत्पातै हेरिन्थ्यो । राजेश खन्नाको ‘अवतार’ भन्ने फिल्म खूबै राम्रो लागेको थियो ।
नेपाली फिल्म नि ?
‘माइतीघर’ भन्ने फिल्म अझै पनि याद आउँछ । त्यो बेलाको समाजलाई उक्त फिल्मले मज्जाले चित्रण गरेको थियो । अहिले लगभग २० वर्ष भयो होला, मैले फिल्म हल नटेकेको ।
गीतसंगीत कत्तिको सुनिन्छ ?
गाडीमा हिँड्दा सुनिरहेको हुन्छु ।

अध्ययन कत्तिको गरिन्छ ?
राजनीतिक विषयका किताब पढ्छु ।
मन पर्ने खेल ?
फुटबल । बाल्यकालमा खूब खेलिन्थ्यो । अहिले चाहिँ हेरेर चित्त बुझाउँछु ।
सामाजिक सञ्जालमा कत्तिको सक्रिय हुनुहुन्छ ?
अलिअलि फेसबुक चलाउँछु ।
फुर्सदको बेला अरू के गर्नुहुन्छ ?
फुर्सद पाउनै गाह्रो छ ।

 

Leave A Comment