कुर्कुच्चाको स्याहार

बुधबार, १३ पुष २०७३, १० : ३४ शुक्रवार , Kathmandu
कुर्कुच्चाको स्याहार

–पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुछ्ने ।
–पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चामा लगाउने । दशदेखि १५ मिनेटसम्म राखेर धुने ।
–सातामा एक पटक सुत्नुअघि मनतातो पानीमा कागतीका रस मिसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने ।
–दिनहुँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाबजलको मिश्रण खुट्टा र कुर्कुच्चामा लगाउने ।
–कुर्कुच्चा दुखेको छ भने मनतातो पानीमा दुई चम्चा नुन हालेर १५–२० मिनेट खुट्टा सेक्नुपर्छ । त्यसपछि कुनै क्रिम वा तेल लगाएर केही बेर खुट्टाको मालिस गर्ने ।

Leave A Comment