जोपो मोबाइलका चार नयाँ मोडल बजारमा

बिहिबार, १४ पुष २०७३, ११ : २२ शुक्रवार , Kathmandu
जोपो मोबाइलका चार नयाँ मोडल बजारमा

जोपो मोबाइलले नयाँ स्मार्ट फोन बजारमा ल्याएको छ । पछिल्लो पटक चार मोडलका नयाँ मोबाइल फोन सार्वजनिक छ । कलर सी टू, कलर एफ वान, एफ टू र एफ फाइभ यहाँ बिक्री सुरु गरेको जोपो मोबाइल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप धामीले बताए । जोपो कलर एफ टू मोबाइलमा क्वाएड कोर मिडिया टेक एमटी ६७३७ प्रोसेसर टू जीबी ¥याम्प रहेको छ । १६ जीबी आन्तरिक मेमोरी क्षमता भएको सो मोबाइलमा ६४ जीबीसम्मको कार्र्ड प्रयोग गरेर अतिरिक्त मेमोरी बढाउन सकिनेछ । मोबाइलमा पछि ८ मेगापिक्सेल क्यामरा र अघि ५ मेगा पिक्सेलको क्यामेरा रहेको छ । यसमा जीएसएम र सीडीएमए डुअल सिम प्रयोग गर्न सकिन्छ । मोबाइलमा वाईफाई, जीपीएस, ब्लुटुथ, ओटीजी, थ्री जी, फोर जीलगायत चलाउन सकिन्छ ।
जोपोको कलर एफ फाइभ र कलर सी थ्री स्मार्ट मोबाइल फोनमा पाँच इन्चको टच स्क्रिन डिस्प्ले रहेको छ । टू जीबी ¥याम्प रहेको फोनमा १६ जीबीको आन्तरिक स्टोरेज क्षमता छ भने ६४ मेगापिक्सल कार्ड थप्न सकिनेछ । ८ मेगापिक्सेलको क्यामरा पछि र सेल्फी खिच्नको लागि ५ मेगापिक्सलको क्यामरा अघि रहेको छ । फोनमा झिक्न नमिल्ने २१ सय एमएच ब्याट्री प्रयोग गरिएको छ । त्यसै गरी कलर एफ थ्री स्मार्ट मोबाइलमा ५ दशमलव ५० इन्चको टचस्क्रिन डिस्प्ले छ । एक जीबी ¥याम, १६ जीबी मेमोरी रहेको फोनमा ६४ जीबीसम्मको कार्र्ड प्रयोग गरेर अतिरिक्त मेमोरी बढाउन सकिनेछ । ८ मेगापिक्सेलको क्यामरा पछि र सेल्फी खिच्नको लागि २ मेगापिक्सलको क्यामरा अघि रहेको छ ।

Leave A Comment