सौगात र श्रीया रनवे मोडल

बिहिबार, १४ पुष २०७३, ०१ : ११ शुक्रवार , Kathmandu
सौगात र श्रीया रनवे मोडल

‘रनवे मोडल २०१६’को उपाधि सौगात शर्मा र श्रीया थापाले जितेका छन् । कुपन्डोलका २० वर्षीय शर्मा पुरुष र मन्डिकाटारकी २२ वर्षीया थापाले महिलातर्फको उपाधि चुमेका हुन् । दुवै विजेताले उपाधिका साथमा फिल्म, म्युजिक भिडियो अभिनय गर्ने अवसरका साथै विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ सुमन श्रेष्ठ फस्ट रनरअप र मोहन थापा सेकेन्ड रनरअप भए । महिलातर्फ हिरादेवी राई फस्ट रनरअप  बनिन् भने पूजा गुप्ता सेकेन्ड रनरअप । तीनकुनेस्थित रोयल ब्यांक्वेटमा वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीको आतिथ्यमा आयोजित प्रतियोगितामा नायक तथा निर्माता नवल खड्का, करण क्रेजी, हास्यकलाकार किशोर भण्डारी, रेश्मा तिमिल्सिना, मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसाललगायत सम्मानित भए ।

 

Leave A Comment