‘गाजलु’लाई कति झुलाउनी ?

शुक्रबार, १५ पुष २०७३, ११ : २३ शुक्रवार , Kathmandu
‘गाजलु’लाई कति झुलाउनी ?

‘गाजलु’ हिट भएपछि सृष्टिलाई लागेको हुनुपर्छ– ढिलो भयो तर राम्रै भयो । फिल्ममा उनको अभिनयको पनि तारिफ भयो । तर, यसपछि हुनुपर्ने कुरा भने सायद भएन अर्थात् फिल्म खेल्ने प्रस्तावको ओइरो । फिल्म हिट हुँदा अनमोलको स्टारडमले मात्र जस पायो । पहिलो फिल्म नै हिट भएपछि बिरलै कलाकार फुर्सदमा हुन्छन् । तर, सृष्टिको हकमा उल्टो भयो । लामो समयसम्म पनि सृष्टिले दोस्रो फिल्म साइन गरेको खबर आएन । तर, बजारमा गाइँगुइँ सुनियो– सृष्टि विनय श्रेष्ठले निर्माण गर्ने फिल्म ‘परी’मा विनयको अपोजिटमा देखिँदैछिन् । तर, खबरको पुष्टि नहुँदै विनयले ‘रोमियो एन्ड मुना’ बनाउने खबर आयो र यसमा पनि विनय र सृष्टिले नै जोडी बनाउने कुरा बाहिर आयो । छ महिनायता सृष्टिले यही फिल्मका लागि मात्र भनेर आफूलाई उपलब्ध गराउँदै आएकी छन् । तर, निर्माता विनय श्रेष्ठ भने अझ पनि सृष्टिलाई लिने कि नलिने भन्ने दोधारमा छन् । स्रोतको दाबी छ, यही कारण विनयले सृष्टिलाई न त अहिलेसम्म फिल्ममा अनुबन्ध गराएका छन् न त उनलाई पैसा नै दिएका छन् । तर, सृष्टि भने सोही फिल्मका लागि महँगामहँगा म्युजिक भिडियो खेल्ने अफरसमेत रिजेक्ट गर्दै बसिरहेकी छिन् । गाजुललाई यसरी कतिञ्जेल झुलाउने विनयजी ?

Leave A Comment