बालमैत्री डकुमेन्ट्री हेर्न घुइँचो

शुक्रबार, १५ पुष २०७३, १२ : १७ शुक्रवार , Kathmandu
बालमैत्री डकुमेन्ट्री हेर्न घुइँचो तस्बिरः बिरा गडाल

बालमैत्री स्थानीय शासनबारे निर्माण गरिएको डकुमेन्ट्री हेर्न बैतडी, खोडपे बजारमा स्थानीयको भीड लाग्यो । आइतवार साँझ पुसको चिसोको वास्तै नगरी स्थानीय डकुमेन्ट्री हेर्न ओइरिएका थिए । बालमैत्री गाविस घोषणा गर्न कालिकोटको दाहा गाविसका स्थानीयले चालेको पहललाई लिएर डकुमेन्ट्री बनाइएको हो ।
युनिसेफको सहयोगमा मिरेस्ट नेपालले डकुमेन्ट्री निर्माण गरेको हो । सरकारले बालमैत्री स्थानीय शासनको रणनीति ल्याएपछि देशका विभिन्न नगरपालिका÷गाविस बालमैत्री स्थानीय शासन अवलम्बन गर्न थालेका छन् ।
 

 

Leave A Comment